फेरि कोरोनाको त्रास !
काठमाडौँ । एक महिनायता जापान, दक्षिण कोरिया र चीनमा कोरोना भाइरस तीव्र गतिमा फैलिएको छ । यी देशमा फैलिएको कोरोनाको संक्रमण एसियाका अन्य देशमा समेत देखिन थालेको छ ।
गत सातादेखि चीनमा कोरोना भाइरस तीव्र गतिमा फैलिएसँगै भारतले विदेशी यात्रुको आगमनमा कडाइ गर्ने थालेको छ । कोरोना भाइरस फैलिएसँगै अन्तराष्ट्रिय उडानमा पनि उच्च निगरानी गर्न थालिएको छ । छिमेकी मुलुक भारतले भने एसियाका देशमा कोरोनाको संक्रमण बढ्न थालेपछि २१ डिसेम्बर २०२२ अर्थात् बुधबारदेखि अन्य देशबाट भारत भित्रिने नागरिकहरुको विमानस्थलमै कोरोना परीक्षण सुरू गरेको छ ।
भारतले कोरोना भाइरसको संक्रमण बढेसँगै उच्च शर्तकता अपनाउन थालेको छ । भारतमा बिहीवार २५ हजारमा कोरोनाको सक्रमण देखिएको त्यहाँकाे स्वास्थ्य विभागले जनाएको छ ।
चीनसँगै जापान, अमेरिका, दक्षिण कोरिया, ब्राजिल, फ्रान्स र भारतमा समेतमा अचानक कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत चिन्ता व्यक्त गदै चीनसँग वास्तविक तथ्यांक मागेको छ ।
नेपालको छिमेकी देश भारतमा कोरोना बढ्न थालेपछि नेपालमा पनि यसको असर पर्ने देखिन्छ । तर, नेपालमा कोरोना नियन्त्रण र जोखिम रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म कुनै पनि तयारी गरेको छैन । कोरोना नियन्त्रण भएपछि मन्त्रालयले परिक्षणको काम स्थगित गरिसकेकाे छ ।
विगतमा जस्तै कोरोना महामारी बिकराल स्थितिमा पुगे रोकथामका लागि मन्त्रालयसँग पूर्व तयारी नभएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी माधव कुमार श्रेष्ठले क्यानडा नेपाललाई जानकारी दिए । ओमिक्रोन सबभेरियन्ट बिएफ–७ भाइरस संक्रमणका बारेमा जानकारी दिइरहे पनि पूर्वतयारी भने नगरेको उनले बताए । ‘नेपाल ओमिक्रोन सबभेरियन्ट बिएफ–७ भाइरस संक्रमण पुष्टि नभएको कारण पुर्व तयारी नगरेको उनले बताए । यो विषयमा सचेत गराउन विज्ञाप्ति जारी गरेका छौँ । अब कसरी नियन्त्रण गर्न सकिन्छ भनेर छलफलमा छौ ।’ उनले भने ।
कोरोना संक्रमण फैलिएसँगै चीन, जापान, अमेरिका, दक्षिण कोरिया, ब्राजिल, फ्रान्स र भारतमा यसको प्रभाव देखिन्छ । भारत र नेपालको खुल्ला सिमाना भएका कारण ओमिक्रोन सबभेरियन्ट बिएफ–७ भाइरस फैलिन सक्ने सम्भावना छ । भने, नेपालबाट दैनिक उडान भइरहेको देशमा पनि कोरोना सक्रमण बढ्दो छ । यो विषयमा नेपाल अहिलेसम्म चासो दिएको छैन ।
तर, नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको आवतजावतमा कोरोना परिक्षण गर्ने तयारी समेत अहिलेसम्म गरिएको छैन । कोरोना भाइरसको संक्रमण कम भएपछि विमानस्थलबाट कोरोना परिक्षण गर्ने डेस्क स्वास्थ्य मन्त्रालयले हटाएको थियो ।
सरकारले कोरोना बढेसँग भारतसँग जोडिएका सबै नाकामा कोरोना परिक्षण गर्ने स्वास्थ्य डेस्क राखेको थियो । त्यो पनि १७ महिना यता हटाएको अध्यागमन विभागले जनाएको छ । नेपालबाट दैनिक २५ वटा अन्तराष्ट्रिय उडान हुँदै गरेका छन् । त्यसमा सोही संख्यामा विदेशबाट उडान भर्ने गरेको विमानस्थलले जनाएको छ ।