Nic Ad Nic Ad
Nic Ad Nic Ad

'प्रचण्डलाई प्रधानमन्त्री बनाउने याेजना ७ गते नै बनेकाे थियाे'

सोमबार, पुस ११, २०७९
काठमाडाैँ- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने योजना पुस ७ गते नै तयार भएको दाबी गरेका छन् । 
 
 
सांसदसमेत रहेका भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कुशल नेतृत्वका कारण प्रचण्ड प्रधानमन्त्री बनेकाे दाबी गरेका हुन् । 
 
 
‘पुस ७ गते बिहान भएको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकको मुल स्पिरिट यहि थियो, जसलाई अध्यक्ष कमरेड केपी ओलीले कुशलतापूर्वक नेतृत्व गर्नुभयो र परिणाम आयो, उनले  भनेका छन्, 'चुनाव गराउनेको बहुमत नआउनु भनेको नयाँ विकल्पमा जाने जनादेश हो  । संसदीय लोकतन्त्र भएका मुलुकमा यसलाई स्वाभाविक मान्नुपर्छ ।’
 
निवर्तमान सत्ता गठबन्धन भत्किएर एमालेसहित अन्य ६ पार्टी र ३ स्वतन्त्र सांसदकाे समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका छन् । 
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्