Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप २०२२ मा सञ्चालनमा आएको दोहा अन्तर्राष्ट्रिय विमानस्थल फेरि बन्द

सोमबार, पुस १८, २०७९

काठमाडौँ – विश्वकप २०२२ का अवसरमा खुला गरिएको दोहा अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । धेरै चर्चामा रहेको यो विमानस्थल शनिबारदेखि बन्द भएको कतारी सञ्चारमध्यामहरुले जनाएका छन् ।   


विश्वकपको बेला हवाई ट्राफिक तथा यात्रु व्यवस्थापन गर्न खुला गरिएको पुरानो विमानस्थल डिसेम्बर ३१ शनिबारदेखि बन्द गर्न लागिएको कतारको हवाइ मन्त्रालयले जनाएको छ । 

 

कतारले गत सेप्टेम्बर २१ तारेखदेखि नेपाल एयरलाइन्ससहित १३ अन्तर्राष्ट्रिय विमानले पुरानो विमानस्थलबाट उडान र अवतरण गरेका थिए । यो विमानस्थल हुँदै १० हजारभन्दा धेरै भिआइपीहरु कतार प्रवेश गरेका त्यहाँ कतारी अध्यागमनले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  ०९:५९
प्रतिक्रिया दिनुहोस्