Nic Ad Nic Ad
Nic Ad Nic Ad

२३ जना कामदारसँग पैसा लिएर म्यानपावर कम्पनी फरार

बुधबार, पुस २०, २०७९

काठमाडौँ– वैदेशिक रोजगारीमा खाडी तथा मलेसिया लगायत देशहरूमा पठाइदिने भनेर कामदारसँग प्रतिव्यक्ति २० हजारदेखि २ लाख रुपैयाँसम्म लिएर  एक म्यानपावर कम्पनी फरार भएको छ । 


काठमाडौंको वनस्थलीमा रहेको ग्लोबल प्राइभेट लिमिटेडले कामदारहरूलाई कुवेत, कतार, साउदी, मलेसिया लगायत देशमा पठाइदिने भनेर ठगी गरी फरार भएको हो । उक्त म्यानपावरविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी पनि परेको छ । 


म्यानपावरले ठगी गरेको भन्दै २३ जनाले विभागमा उजुरी दिएका हुन् । गोरखाका विष्णु नेपालीले कुवेतमा हाउस किपिङ कामका लागि भनेर ७० हजार रुपैया बुझाएको बताए ।  ‘यही बुधबार उडाउँछु’ भनेर सबै कामदारसँग पैसा लिएको भन्दै पीडितहरूले विभागमा उजुरी दिएका हुन् ।

 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  ११:४६
प्रतिक्रिया दिनुहोस्