Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुचो सम्बन्धी वास्तु :  जाने समृद्धि ल्याउँछ नजाने दरिद्रता

बिहीबार, पुस २८, २०७९

काठमाडौँ – सामान्यतया झाडु घर सफा गर्न प्रयोग गरिन्छ । यसले घर भित्र भएको कसिङ्गर बढार्ने काम गर्छ । तर, हिन्दु मान्यता अनुसार कुचोमा लक्ष्मीको वास हुने जनविश्वास रहेको छ । प्रयोग गर्न नजानेको अवस्थामा कुचोले समृद्धि पनि बढार्छ । 

 

त्यसैले कुचोको प्रयोग गर्दा केही नियमलाई ध्यानमा राख्नुपर्छ भनिन्छ । गलत तरिकाले कुचोको प्रयोग गर्दा व्यक्तिले शारीरिक, मानसिक र आर्थिक समस्याको सामना गर्नुपर्ने हुन सक्छ। कुचो किन्दा र फाल्दासमेत शुभ दिन र समयको ख्याल गर्नु आवश्यक हुन्छ । किनभने गलत समयमा किनेको र फालेको कुचोबाट धेरै समस्या आउन सक्छ । 

 

यस दिन कुचो किन्नु हुँदैन

 

शनिवार
वास्तु शास्त्र अनुसार शनिवारको दिन कुचो किन्नु हुँदैन । यसबाट आर्थिक नोक्सान हुन सक्छ। किनभने शनिवारलाई शनिदेवको दिन मानिन्छ। त्यसैले यस दिन कुचो किने वा पुरानो फ्याँक शनि दोषको सामना गर्नुपर्ने हुन्छ।

सोमबार
सोमबार पनि झाडु किन्नु हुँदैन । किनकि सोमबार भगवान् शिवलाई समर्पित छ ।

 

कुन दिन नफाल्ने 
कुचो किन्ने जस्तै, यसलाई फाल्ने पनि शुभ समय चाहिन्छ । वास्तु शास्त्र अनुसार बिहीबार, शुक्रवारको दिन कुचो फाल्न हुँदैन । यसबाट माता लक्ष्मीको अपमान हुन्छ। जसका कारण आर्थिक सङ्कट झेल्नु पर्ने हुन्छ । 

 

कुन दिन फाल्ने

वास्तु शास्त्र अनुसार शनिवार, अमावस्या, होलिका दहन वा ग्रहण लागेपछि पुरानो कुचो फाल्नु शुभ मानिन्छ ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ०६:३८
प्रतिक्रिया दिनुहोस्