Nic Ad Nic Ad
Nic Ad Nic Ad

माघबाट निक्षेपको ब्याजदर घट्ने, बैशाखदेखि ऋणको

बिहीबार, पुस २८, २०७९

काठमाडौँ – बाणिज्य बैंकहरुले माघदेखि निक्षेपको ब्याजदर घटाउने भएका छन् । बाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएशनको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । 

 

नियामक निकाय नेपाल राष्ट्र बैङ्कको निर्देशिका अनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको बैङ्कर्स एसोसिएशनले जनाएको छ । राष्ट्र बैङ्कको निर्देशिकाअनुसार बैङ्क तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन् । त्यसैअनुसार माघदेखि ब्याजदर घट्ने भएको हो । पछिल्लो समय बैङ्किङ प्रणालीमा तरलता थपिएकाले बैङ्कहरु ब्याजदर घटाउन सहमत भएका हुन् ।

 

माघ महिनाको लागि वाणिज्य बैङ्कमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२ दशमलव १३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम हुनेछ भने संस्थागततर्फको १० दशमलव १३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुनेछ । निक्षेपको ब्याज घटेसँगै बैङ्कहरूले आधार दर परिवर्तन हुने भएकाले आधार दरका आधारमा कर्जाको पनि ब्याजदर घट्ने भएको छ । तर कर्जाको ब्याजदर आउँदो वैशाखदेखि मात्रै परिवर्तन हुनेछ । 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ०७:१८
प्रतिक्रिया दिनुहोस्