Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजनीतिक स्थायित्वका लागि अहिलेको गठबन्धनले पुर्नविचार गर्नुपर्छः प्रदीप ज्ञवाली

शनिबार, पुस ३०, २०७९

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकको राजनीतिक स्थायीत्वका लागि अहिलेको प्रणाली वा राजनीतिक गठबन्धनमा पूर्नविचार गर्नुपर्ने बताएका छन् ।

 

शनिबार काठमाडौंमा पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित सत्ता सङ्घर्ष ३० बर्षमा २८ सरकारको नालीबेली पुस्तकको लोकार्पण गर्दै ज्ञवालीले मुलुकमा छिटो छिटो सरकार परिवर्तन हुने दीर्घरोग भएको र यसको अन्त्यका लागि अहिलेको प्रणाली वा राजनीतिक गठबन्धनमा पूर्नविचार गर्नुपर्ने बताएका हुन् । 


उनले प्रत्यक्ष र समानुपातीकको मिश्रित निर्वाचन प्रणालीको अभ्यास गर्दा भरपर्दो एलान्स बनाउनुपर्ने उल्लेख गरे । दलीय असफलताका लागि निर्वाचन प्रणालीको कानूनलाई परिवर्तन गर्ने सोच राख्नु उपयुक्त नहुने उनको भनाइ छ । ज्ञवालीले निर्वाचन अघि बन्ने एलाइन्स परिणामपछि लगतै भत्किने देखिएको र यस्तो अवस्थामा राजनीतिक स्थायित्वको खोजी प्राज्ञिक ढंगले गर्नुपर्ने धारणा राखे ।

 

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १९:१४
प्रतिक्रिया दिनुहोस्