पोखरा विमान दुर्घटना अपडेट : ११ जनाको सनाखत
पोखरा –पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो ।
दुर्घटनामा परी मृत्यु भएकाको शव सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ । मृतकहरूको शव निकालेर गण्डकी अस्पतालमा लगिएको र सबै सङ्कलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.भरत खत्रीले जानकारी दिए ।
दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालसहित ३१ वटा अस्पतालमा राखिएको छ ।
सनाखत हुनेहरू
-
निशान्त आचार्य
-
संगीता शाही
-
डा. सुशील श्रेष्ठ
-
डा. सेना दिवाकर
-
१० महिनाका रियान पौडेल
-
अदाकत अलिमिया,
-
लक्ष्मी पौडेल
-
प्रसिद्धी पौडेल
-
अरुण पौडेल
-
पूर्णकुमार गुरुङ
-
कोरियन नागरिक यू क्यानगुल
प्रकाशित मिति: आइतबार, माघ १, २०७९ १७:१०
प्रतिक्रिया दिनुहोस्