पोखरा विमान दुर्घटना अपडेटः ११ जनाको सनाखत, चारजना अझै बेपत्ता
पोखरा–पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चारजनाको अवस्था अझै अज्ञात छ ।
विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । उनीहरूको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भरहेको जानकारी दिँदै उनले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताए ।
उनले भेटिएका शवमध्ये पोखरा र आसपासका व्यक्तिको यहीँ नै आफन्तलाई जिम्मा लगाइनेछ भने । काठमाडौँका शव उतै आफन्तलाई बुझाउने गरी पठाउने सोच बनाएको उनको भनाइ थियो ।
दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत भएको छ। पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो ।
दुर्घटनामा परी मृत्यु भएकाको शव सबै सङ्कलन भएपछि मात्रै बाँकी मृतककाे पहिचान गर्न थालिने भएको छ । मृतकहरूको शव निकालेर गण्डकी अस्पतालमा लगिएको र सबै सङ्कलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.भरत खत्रीले जानकारी दिए ।
दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालसहित ३१ वटा अस्पतालमा राखिएको छ ।
सनाखत हुनेहरू
निशान्त आचार्य
संगीता शाही
डा. सुशील श्रेष्ठ
डा. सेना दिवाकर
१० महिनाका रियान पौडेल
अदाकत अलिमिया,
लक्ष्मी पौडेल
प्रसिद्धी पौडेल
अरुण पौडेल
पूर्णकुमार गुरुङ
कोरियन नागरिक यू क्यानगुल