Nic Ad Nic Ad
Nic Ad Nic Ad

सत्ता गठबन्धनबाट रास्वपाकी इन्दिरा रानामगरले दिइन् उपसभामुखमा उम्मेदवारी

शुक्रबार, माघ ६, २०७९

काठमाडौँ –सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । 


रानामगरले शुक्रबार उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी हुन् । रानामगरलाई रास्वपाकी सांसद सोविता गौतमको प्रस्ताव र एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका सांसद राजेन्द्र प्रसाद लिङ्देनले समर्थन गरेका छन् ।


शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सांसद इन्दिरालाई उपसभामुख उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
इन्दिरा झापाकी हुन् । ५२ वर्षकी उनलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्