Nic Ad Nic Ad
Nic Ad Nic Ad

कम्बोडियाबाट झापा ल्याइयो निराकार पाण्डेको शव

शनिबार, माघ ७, २०७९

झापा –कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव शनिबार झापास्थित निवासमा ल्याइएको छ । कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा १४ पुस राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२ औँ तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो ।

 


शुक्रबार कम्बोडियाबाट काठमाडौँ ल्याइएको उनको शव शनिबार विर्तामोडस्थित निवासमा ल्याइएको हो । युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया जाँदा घटनामा परेका थिए । उनको शव निवासमा ल्याइने खबर थाहा पाएर बिहानैदेखि पाण्डे निवासमा हजारौँ शुभचिन्तकको भीड लागेको थियो ।

 


मृतक पाण्डे विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुन् । पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको छ ।  घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाण्डेको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए । उनको शनिबार नै कनकाइ माईमा अन्त्येष्टि गरिएको छ ।

 

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्