सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेलः प्रकाशरण महत
काठमाडौँ– नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको बताएका छन् । शनिवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘राजनीतिमा हारजित भइराख्छ, तर हामीले एउटा मुद्दामा हामी खडा भएको हो । हामीले प्रधानमन्त्रीलाई पनि जुन मत दिएका थियौँ । त्यो मुद्दाकै आधारमा संविधान रक्षाको विषयलाई उठाएकाले हामीले दिएका हौँ । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको कुरालाई प्रमुख रुपमा संसदमा उठाइरहेको भन्दै पुनः संविधानमाथि खतरा पैदा हुन शुरु भएको बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधानको रक्षा गर्ने मुद्दाका लागि समर्थन गरेको पनि बताए । उनले राष्ट्रपति÷उपराष्ट्रपतिको परीक्षणमा उत्तिर्ण हुने की नहुने भन्ने बारेमा सत्ता गठबन्धनले आगामी दिनमा सोच्नुपर्ने बताए ।