सन् २०२२ मा श्रीलङ्काको रबर निर्यातमा कमी
काठमाडौँ –सन् २०२२ मा श्रीलङ्काको रबर निर्यातमा कमी देखिएको छ ।
श्रीलङ्काले गएको वर्ष रबरजन्य पदार्थ निर्यात गरी ३ खर्ब २७ अर्ब श्रीलङ्काली रूपैयाँ अर्थात् ९० करोड अमेरिकी डलर आम्दानी गरेको रबर विकास विभागले जनाएको छ । विभागका महानिर्देशक मदवा कुलसूर्याले सन् २०२१ को राजस्वभन्दा यो केही कमी भएको बताएका छन् ।
ऊर्जा सङ्कटका कारण यातायात क्षेत्रमा पनि प्रभाव परेपछि रबर निर्यातमा केही कमी आएको उनको भनाइ छ । श्रीलङ्काले सन् २०२५ सम्ममा रबरका उत्पादनबाट हुने आम्दानीलाई बढाएर ३ अर्ब डलर पु¥याउने लक्ष्य राखेको छ ।
श्रीलङ्काको तयारी रबरका लागि प्रमुख बजार अमेरिका, जर्मनी र जापान हुन् भने पाकिस्तान, जर्मनी र जापानले श्रीलङ्काबाट रबरका लागि कच्चा पदार्थ लिने गर्छन् । श्रीलङ्का विश्वमा अग्रणी प्राकृतिक रबर निर्यातकर्ताहरूमध्ये एक हो । सन् २०२१ मा रबर निर्यातबाट हुने आम्दानीको लगभग ७० प्रतिशत टायरबाट आएको आधिकारिक तथ्याङ्कले देखाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।