Nic Ad Nic Ad
Nic Ad Nic Ad

बुद्धको देशमा जन्मेर पनि लोभ र स्वार्थले हामी हरदम हिंसामा छौं

शुक्रबार, मंसिर ९, २०७९
जानकी पन्त । नेपाल बुद्ध जन्मीएको शान्ति र अहिंसाको देश जहाँ पाप गर्नु हुन्न अनी पुण्य त्याग्नु हुन्न भनेर भनिन्छ तर अफसोच सबैभन्दा धेरै पाप यहि गरिन्छ। अहम् र स्वार्थसँगको सहवासमा नचाहेर पनी हामी हिंसायुक्त छौं। बुद्ध को देशमा जन्मेर पनि लोभ र स्वार्थ ले हामी हरदम हिंसामा छौं। यहाँ बुद्दका सिद्धान्तहरु जीवन संगत बन्न सकेनन्। हामी आफ्नो स्वाद, प्यासको कारण, आक्रोश, लोभ डाह, क्रोध, अहंकार एवम् कमजोर ईच्छा शक्ती का कारण हिंस्रक छौं। युग फेर्दैमा भाषा परिवर्तित गर्दैमा अपराध रोकीदैन। पुण्य र सत संगतका कुरा गरेर मात्र संसारमा फरक पर्दैन। बुद्धि र युगले हामी २१ औं शताब्दीमा पुगे पनि जिबनमा आधुनिक सुविधाले भौतिक सुख पाएपनि यथार्थमा हामी दुखि छौ। यस जिबन लाई दुःखी बनाउने मुख्य कारक तत्व पनी हामीनै हौ। दासत्वको सोचकै कारण हामी हिंसामुक्त जीवन जिउन सकेका छैनौं। अहिले यहाँ हिंसा र पाप विना मनुष्य जीवनको परिकल्पना गर्न नसक्ने स्थीती आएको छ। हामी अरु उभिएको धरातल खोस्ने र आफ्नो धरातल अरुलाई दिनुपर्ला भनी सदा दुःखी हुने प्राणी हौ। हामी आफ्नै प्रजातिको रगतको कारोबार गरेर हिंसामुक्ति शान्तिको खोज गर्ने, आपसी विद्रोह वा विरोधी बनेर अरुको जीबनमा सदा शान्तिमा दखल दिएर रमाउन सक्ने मनुष्य हौं। मनुष्य जस्ले बुद्धिलाई तिखारेर अन्नलाई भोजनको रुपमा ग्रहण गर्न सक्छ, उत्पादनमा सदा आफै जुट्न सक्छ, मेहनतले कमाएर भण्डारलाइ भर्न सक्छ तर फेरि सोहि अन्न लुकाइ कुहाई नस्ट गर्न पनि पछि पर्दैन। हिंसा के हो। किन हुन्छ? साथै मानीष कीन पापयुक्त हुन सक्दैन? यदि हुन्छ भने कसरी हुन्छ? रगत बग्ने र बगाउने कुरा र कार्य मात्र हिंसा होईनन् त्यसको बढावा गर्ने र गराउने कार्य, कारण र कारक तत्व अनी यसको सोच पनी हिंसा हो। हिंसा एक प्रकारको लोभ, स्वार्थ देखि स्वाद अहम् आदि हुन्। हामी अवस्था देखि व्यवस्थासम्ममा हिंसामा छौ। मानौं हाम्रो रगतमा भएका कण कण र कम्पोनेन्टहरु नै हिंसायुक्त छन्, पापमुखी छन्, यसका भागीदारी छन्। त्यसकारण पाप र हिंसा विरुद्ध जीवनलाई तयार गर्ने हो भने रगत देखि उभिएको धरातल या यसको सोचलाई जरै देखी फालेर हिंसाविरुद्ध लड्नु पर्छ। आफ्नो सोच, कार्य शैली र जीबनशैली लाइ परिवर्तन गर्नुपर्छ। सत्यको मार्ग रोजेर त्यसमा हिड्ने अठोट गर्नुपर्छ। यहाँ सत्ययुग र कलियुग वीचको फरक धार भन्नु नै पहिले पुन्य अनि अहिले हिंसा हो। हामी पाप गर्नु हुन्न भनी सोच्छौं तर हिंसायुक्त कार्यलाई बढावा दिन्छौ। यहा बोलि र ब्यभार अनि अर्थ र बुझाईम फरक छ। यहा देखाउने र चपाउने दुई भिन्न दाँतको प्रस्तुति छ। यहा आफुले गर्दा पाप पनि पुण्यकै लागि हुने स्वार्थी सोचमा अडिक हुनु, अनी परिवर्तनको लागि आफु नै पहीला बदलिनुपर्छ भन्ने सोच्न राख्न नसक्नुका कारणले गर्दा हामीले चाहेको खोजेको परिवर्तनले आकारमा साकार रुपरंग कहिल्यै पाउन सकेको छैन। यहाँ सभ्य समाजको दर्शन विज्ञान भनेकै हिंसा र पाप हो , जसलाइ एक तितो सत्य मान्दा पनी हुन्छ। सत्य कटु हुन्छ, पाप त यहाँ एक प्रकारको पूजा नै भैसकेको छ। र मुक्ति एक प्रकारको मृत्यु भएको छ। र आजको मान्छे पाप गर्दै पुण्य बचाउने सोचमा देखा परेको छ। यानिकी हिंसाविनाको जीवनको परिकल्पना गर्न नसकीने अबस्थामा मनुष्य पुगेको छ। यहा पु्ण्यकै लागि भएपनि पाप गर्नैपर्छ भन्ने मान्छेले सोच्न थालेका छन्। उदाहरणको लागी पुण्य कमाउनलाइ पसूबली दिने चलन लाइ लिन सकीन्छ। यस्ता किसिमका कुण्ठीत सोचले गर्दा समाजमा हिंशा कम हुन् सक्दैन। हामी आफ्नो सोच र ब्यबहारमा फरक गर्छौ।बोलीले एउटा अनी व्यवहारले अर्कै कुरा गर्छौ। हामी आफ्ना गल्तिहरुलाई देख्दैनौ। यहा गलत गर्न सिकियो वा सिकाइयो भने परिवर्तन असम्भव छ। परिवर्तन बिना यो जिबन एकदिन माटोमा पुरेर सड्ने केवल एक लास बन्नपुग्छ, जसको कुनै अर्थ र मुल्य रहदैन। हुन त पाप र पुण्य एक परिपूरक सूचक हुन्।हामी हिंसामुक्त जीवन जिउने बहाना मात्र गर्न सक्छौ। पुण्यको सार पापमा छ तर पाप आफुले गरेको ठीक अरुले गरेको बेठीक भन्ने सोच गलत हो। जीवन हिंसाले चल्ने भएपनि सही र गलत छुट्याई हामी सदा सचेत हुनुपर्छ। हिंसा जीवन परिचालनको हिस्सा भएपनि व्यवहारसंगतमा खुलेआम गर्नुहुन्न, आफ्नो नैतिकता र मर्यादामा बस्नुपर्छ भन्ने सोचले जीवनलाई चोखो दर्जामा राखेकै हुन्छ। अन्तमा, शिशिरमा होस या बशन्तमा पालुवाको लागि जरा मजबुत हुनैपर्छ भन्ने बिर्सिएर पापबाट पुण्यको कम्जोर जरा स्थापना गर्न खोज्नु आफुभित्रको निस्तेजपना लाइ बढाउनु हो। हामीले आफ्नो सोच, बुद्धि ले ग्रहण गरि जीबन लाइ बेलैमा सुधार्नु पर्छ। यहा जबसम्म तर्क मात्र चलीरहन्छ, ब्यबहारमा सिद्दान्त लागु हुदैन तबसम्म हाम्रो जीबन शैली परिवर्तन हुँन सक्दैन। हामी हिंसामुक्त हुन सक्दैनौं।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:३१
प्रतिक्रिया दिनुहोस्