नेभिगेशन
विनोद ढकाल
विनोद ढकाल
कुशल कमान्डको अर्थः राज्यको कर्नरमा तर सुव्यवस्थित लयमा हिँडिरहेको सशस्त्र प्रहरी

कुशल कमान्डको अर्थः राज्यको कर्नरमा तर सुव्यवस्थित लयमा हिँडिरहेको सशस्त्र प्रहरी

सशस्त्र प्रहरी गठन हुँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक रामकाजी बान्तवालाई प्रमुख बनाउने वचन दिँदै अघिल्लै दिन तयार हुन भनेका थिए। तर, तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काको लबिङमा ८ कात्तिक ०५८ मा कृष्णमोहन श्रेष्ठलाई नयाँ फौजी संगठन प्रमुखको दज्र्यानी चिह्न लगाइयो। उनले कार्यकाल पूरा गर्न पाएनन्। १२ माघ...
एमाले र बालेन आमने–सामनेः लम्पट कार्यकताले बुझ्न जरुरी छ अघोषित ‘राइट टु रिजेक्ट’

एमाले र बालेन आमने–सामनेः लम्पट कार्यकताले बुझ्न जरुरी छ अघोषित ‘राइट टु रिजेक्ट’

यस प्रगतिशील फैसलामा सर्वोच्चले भनेको छ कि जनताको उम्मेदवारहरूप्रति आफ्नो असन्तुष्टि देखाउने अधिकारले लोकतन्त्रमा जनताको उचित सहभागिता सुनिश्चित गर्छ र यो अधिकारको कार्यान्वयन नगरी बनेको सरकारलाई वैधानिक सरकारको रूपमा स्वीकार गर्न सकिँदैन। अस्वीकार गर्ने अधिकारको महत्वलाई नकार्न सकिँदैन, तर यसको नतिजा, विशेष गरी हाम्रो जस्तो नवजात लोकतन्त्रका लागि विचार गर्नु...
एउटा मेयर बालेनले डंका पिटाइ दिएको केन्द्रीय सत्ता राजनीति, श्वेत बिद्रोह सम्भव छ

एउटा मेयर बालेनले डंका पिटाइ दिएको केन्द्रीय सत्ता राजनीति, श्वेत बिद्रोह सम्भव छ

आम मानिसको ताकतलाई नजरअन्दाज नगरियोस्। जसरी बंगलादेशमा शासन सत्ता चलाएकी शेख हसिनाको पार्टीका युवा र विद्यार्थी दस्ता थिएन होला र? कसरी भाग्ने स्थिति आयो? यसमा पनि विचरण गरिनुपर्छ।  
आईजीको ‘जिब्रो थुत्ने’ कि सरकारका प्रवक्ताको? प्रधानमन्त्री ओलीले यसको उत्तर दिउन् 

आईजीको ‘जिब्रो थुत्ने’ कि सरकारका प्रवक्ताको? प्रधानमन्त्री ओलीले यसको उत्तर दिउन् 

७९ हजार भन्दा धेरै प्रहरीको सम्मानित संस्थाको प्रमुख हो। प्रहरीले राज्यको आदेश निर्देशनमा काम गर्छ। राज्यबाट लागु गरिने ऐन, नियम तथा कानूनलाई विधिसम्मत तवरबाट कार्यान्वयन गराउने काम प्रहरी प्रमुखको हो। कुनै पनि कानून राज्यले लागु गर्ने र प्रहरीको कमाण्डरले म लागु गर्दिन भन्नु राज्यसँग विद्रोह सरह हुन्छ। 
राजनीति र अदालतको मारमा प्रहरीः पछिल्लो आदेशको उथुलपुथुलमा पिल्सिरहेका निरिहको पक्षबाट

राजनीति र अदालतको मारमा प्रहरीः पछिल्लो आदेशको उथुलपुथुलमा पिल्सिरहेका निरिहको पक्षबाट

३० बर्षे सेवा अवधि तत्काल हटाउनु किमार्थ उचित छैन। यसलाई क्रमशः प्रक्रियामा लैजान पर्छ। जसका लागि निश्चित समय पनि लाग्छ  यसकारण भदौ ७ गतेसर्वोच्च अदालतबाट भएको अन्तरिम आदेशका विरुद्ध नेपाल सरकार अविलम्व भ्याकेटमा जानैपर्छ। जाने तयारी भन्ने पनि सतहमा आएको थियो। प्रहरी संगठनलाई लथालिङ्ग र भताभुङ्ग बनाउने छुट कसैलाई हुनु...
दुई दलीय व्यवस्था ल्याउन कांग्रेस–एमालेले यस्तो ‘राजनीतिक मन्द विष’ प्रयोग गर्न सक्छन्

दुई दलीय व्यवस्था ल्याउन कांग्रेस–एमालेले यस्तो ‘राजनीतिक मन्द विष’ प्रयोग गर्न सक्छन्

कांग्रेस–एमालेको ७० बर्षदेखिको राजनीतिक विरासतमा धक्का दिन उदाएका नयाँ दल र उदाउने तयारीमा रहेका अन्य विकल्पहरूलाई निमोठ्न तथा परम्परावादी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदनमा बढाएको आयतनलाई निमिट्यान्न पार्ने कोशिश अनेक कोणबाट निमिट्यान्न पार्न जे पनि हुन सक्छ।
यसकारण प्रचण्डसँगै अवसान हुनेछ माओवादी !

यसकारण प्रचण्डसँगै अवसान हुनेछ माओवादी !

०६४ मा शान्ति प्रक्रियामा आउँदा सदनको सबैभन्दा ठूलो पार्टी रहेको माओवादीले राजनीतिक भविष्यलाई ननियाँल्दा प्रभाव कायम राख्न सक्ने नेताहरूले छाडेका थिए। असलमा यो छाडेको नभई प्रचण्डको एकल मतमा आउन नमानेका प्रतिस्पर्धी र नयाँ विचार ल्याउने अथवा प्रचण्डको बिरोधमा उभिने नेतालाई पाखा लगाइएको हिसाबमा बुझ्न सकिने खनालले बताइसकेका छन्। 
मुकुल ढकाललाई कसले ढाडस दिइरहेको छ– तस्बिर बोल्छ!

मुकुल ढकाललाई कसले ढाडस दिइरहेको छ– तस्बिर बोल्छ!

एमालेका लागि रवि लामिछाने भन्दा पनि रास्वपा र त्यसले विस्तार गरिरहेको संगठन खतरा हुन सक्छ। यसैकारण पनि जनस्तरमा दौडिन थालेको रास्वपालाई सत्तामा लगेर संगठन विस्तारको क्रमभङ्ग गर्न एमाले अध्यक्ष समेत रहेका ओलीको एउटा प्रयोग सफल भयो।
राजनीतिक मन्थनको अमृत पान गर्ने वैकल्पिक ‘राहु–केतु’का सन्दर्भमा

राजनीतिक मन्थनको अमृत पान गर्ने वैकल्पिक ‘राहु–केतु’का सन्दर्भमा

कुनै नियतका साथ टिप्पणीकार भनिरहेको छैन। आक्रोशित र दानवीय शैलीमा लामिछाने नेपाली सञ्चार माध्यम र तिनका सम्पादकलगायत व्यक्ति–व्यक्तिविरुद्ध भ्रम र आक्रोशको शिल्प गाड्न सफल भए। यो देखिएको तथ्य थियो।
ज्ञानेन्द्रलाई सांस्कृतिक राजा राख्न माओवादीको प्रस्ताव थियो, प्रचण्डले नै पुष्टि गरेका थिए

ज्ञानेन्द्रलाई सांस्कृतिक राजा राख्न माओवादीको प्रस्ताव थियो, प्रचण्डले नै पुष्टि गरेका थिए

उसो त गणतन्त्रको चर्चा वीपी कोइरालाकै पालामा भए पनि कांग्रेस संवैधानिक राजतन्त्रको हिमायती नै थियो। तर उ बाध्य भएर गणतन्त्रसम्म तानियो। जनआन्दोलनपछि पनि तत्कालिन राष्ट्र प्रमुखसहित प्रधानमन्त्रीको भूमिकामा रहेका गिरिजाप्रसाद कोइरालाले नै ‘बेबी किङ’ हुन सक्ने अभिव्यक्ति विराटनगर पुगेर दिएका थिए। 
प्रश्न उठ्ने र चुनौतिपूर्ण अनुसन्धानको जिम्मेवारीमा एआईजीद्वय थापा र बज्राचार्य, के गर्नुपर्छ?

प्रश्न उठ्ने र चुनौतिपूर्ण अनुसन्धानको जिम्मेवारीमा एआईजीद्वय थापा र बज्राचार्य, के गर्नुपर्छ?

सहकारी ठगीका गाडिएका प्रमाणको उत्खनन् सीआईबीले र नक्कली भुटानी प्रकरणको निचोड रानी पोखरीले दिनुपर्छ। सुन छानबिन आयोगका त्रुटीलाई सच्याउने जिम्मेवारी पनि अब प्रहरीकै हुनेछ
प्रचण्डबारे नयाँ ब्याख्या– माओवादीदेखि भावनावादीसम्म, गुह्य यथार्थचाहिँ यस्तो छ

प्रचण्डबारे नयाँ ब्याख्या– माओवादीदेखि भावनावादीसम्म, गुह्य यथार्थचाहिँ यस्तो छ

खोक्रो राष्ट्रवादको नारा लगाउने भावना जागृत गराउँदै नेपालका लागि अमेरिकी राजदूत जेम्स एफ मोरियार्टी माथि आक्रमण गराउने पनि प्रचण्ड नै हुन्। जसको गल्तीको माफी तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले सार्वजनिक रुपमा माग्दै त्यो क्षण बिर्सिएर अमेरिका फर्किनका लागि मोरियार्टीलाई आग्रह गर्नु परेको थियो।