सोमबार
२४ चैत
२०७६

अमलाको जुसले निको पार्छ यी रोगहरु, यस्ता छन् फाइदाहरु

बुधबार माघ २९, २०७६/ Wednesday 02-12-20

काठमाडौं - सिजनमा अमला सजिलै पाइन्छ । स्वादमा अमिलो हुने अमलाको सेवनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । अमलाको जुस बनाएर पिएमा धेरै रोगहरुबाट पनि बच्न सकिन्छ । अमलाको जुस औषधिय गुणले भरिपुर्ण छ । 


यसको सेवन गर्ने गरेमा आँखाको ज्योति बढ्छ । अमलाको जसमा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्स लगायतका पोषक तत्त्व पाइन्छ । शरिरलाई स्वस्थ राख्न अमलाको जुस सेवन गर्नु आवस्यक छ । यसको सेवनले दिमाग तेजिलो हुन्छ । अमलाको जुस पिएमा कपाल फुल्ने समस्याबाट टाढा रहन सकिन्छ । यसको सेवनले  महिलाहरूको महिनावारी समस्या समाधान हुन्छ । 

अमलाको जुसको सेवनले मुत्रनलीमा देखिने समस्या समाधान हुन्छ । यसको सेवनले पेट र मिर्गौलालाई पनि सफा राख्छ । अमलाको सेवनले कब्जियत हुन नदिई झाडापखाला रोक्छ । यसको सेवन गर्नाले पत्थरी हुनबाट जोगिइन्छ ।