आइतबार
२३ चैत
२०७६

कुवेतमा चार नेपालीको ज्यान गयो

बिहीबार फाल्गुण १, २०७६/ Thursday 02-13-20

काठमाडौं - कुवेतमा चार जना नेपालीको मृत्यु भएको छ । कुवेतको अल मुत्ला क्षेत्रमा रहेको चिनियाँ कम्पनीमा कार्यरत चार जना नेपालीको पुरिएर मृत्यु भएको हो । निर्माणस्थलमा काम गर्ने क्रममा माथिबाट बालुवा खसेर उनीहरुको मृत्यु भएको जनाइएको छ । 


अन्य ३ जना कामदार हराएको र खोजी भइरहेको जनाइएको छ । मृत्यु हुनेको नाम भने नखुलाइएको जनाइएको छ । ढुंगा फुटाल्ने क्रममा ढुंगा र बालुवा माथिबाट खसेको जनाइएको छ । उक्त दुर्घटना हुने बित्तकै उद्धारकर्ता पुगेको जनाइएको छ । तीन जनालाई भने उपचारको लागि अस्पताल लगिएको जनाइएको छ ।