बिहीबार
१५ फाल्गुण
२०७६

फराकिलो जित निकाल्दै पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा प्रबेश

बिहीबार फाल्गुण १, २०७६/ Thursday 02-13-20

काठमाडौं - बुधबार राति फ्रेन्च कप अन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित हासिल गरेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा पीएसजीले डिजोन एफसीओलाई ६–१ गोलले पराजित गर्न सफल भयो । 

उक्त खेलमा पीएसजीलाई जिताउन पाब्लो सराबियाले दुई गोल गरे भने किलियन एम्बाप्पे र थियागो सिल्भाले एक एक गोल गरे । त्यस्तै दुई गोल भने पीएसजीले उपहार अर्थात आत्मघाती गोल पायो । उक्त खेलमा डिजोनका वेस्ले लाउटोले आत्मघाती गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । 

त्यसपछि खेलको १३औं मिनेटमा डिजोनका मौनियरले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसपछि खेलको ४४औं मिनेटमा एम्बाप्पेले, ५०औं सिल्भाले र  ५५औं मिनेटमा सराबियाले गोल गरे । त्यसपछि खेलको ८६औं मिनेटमा  डिजोनका कौलीबालीले आत्मघाती गोल गरे । जितसँगै पीएसजी सेमिफाइनलमा प्रवेश गरेको छ ।