मंगलबार
६ फाल्गुण
२०७६

प्रचण्डको जनयुद्ध दिवस कार्यक्रम ओली, झलनाथ, माधव र ईश्वर पोखरेलद्वारा बहिस्कार

बिहीबार फाल्गुण १, २०७६/ Thursday 02-13-20

काठमाडौं । नेकपाले आफ्नो पार्टी केन्द्रीय कार्यालयमा बुधबार जनआन्दोलनर जनयुद्धका शहीदको सम्झनामा ‘श्रद्धाञ्जलि सभा’को आयोजना गरिएको छ । सो कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भनिएको थियो । तर, ओली नगएपछि प्रचण्डको प्रमुख आतिथ्यमा श्रद्धाञ्जलि सभा सम्पन्न गरियो । 

सो कार्यक्रममा ओलीमात्रै होइन पूर्व एमालेका शीर्षनेताहरु नै सहभागी भएनन् । उक्त कार्यक्रममा माधवकुमार नेपाल, झलनाथ खनाल र ईश्वर पोखरेल सहभागी नभएका हुन् । तर, पूर्वएमालेका नेताहरु वामदेव गौतम, प्रदीप ज्ञवाली, विष्णु पौडेलसहितका नेताहरु भने सहभागी थिए ।  उक्त कार्यक्रममा पूर्वमाओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि देखिएनन् । उनी गोरखाको गएको बताइएको छ । 

२०५२ साल फागुन १ गतेबाट सशस्त्र संघर्ष गरेको सम्झनामा तत्कालीन नेकपा माओवादीले फागुन १ लाई ‘जनयुद्ध दिवस’का रूपमा मनाउँदै आएको थियो। तर, उसले नेकपा एमालेसँग पार्टी एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको दोस्रो वर्षमै ‘जनयुद्ध दिवस’को विधिवत अन्त्य गरिएको छ। 

‘जनयुद्ध दिवस’को विधिवत अन्त्य भएसँगै नेकपाले उक्त कार्यक्रमलाई यस वर्षबाट ‘जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलि सभा’मा परिणत गरी फागुन १ को सम्झना गरेको छ।