• Aug 12 2020 | २०७७, श्रावण २८गते

२०७७, श्रावण २८गते

यो साता चर्चामा:

प्रचण्ड बारम्बार किन लिन्छन् गिरिजाप्रसादको नाम ? यस्तो रहेछ कारण

फाल्गुण १ २०७६
  • 4.2K
    SHARES
  • प्रचण्ड बारम्बार किन लिन्छन् गिरिजाप्रसादको नाम ? यस्तो रहेछ कारण

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूलाई मन पर्ने नेताको नाम बारम्बार लिइरहन्छन् । पार्टीको आमसभा होस् या धेरैको सहभागिता वा प्रचारात्मक कार्यक्रममा उनले आफूलाई मन पर्ने मान्छेको नाम लिने गर्छन् । प्रचण्डले २०६४ सालपछि सबैभन्दा धेरैपटक नाम लिने नेता हुन् गिरिजाप्रसाद कोइराला । फरक पार्टीका नेता भए पनि प्रचण्डले किन बारम्बार गिरिजाप्रसाद कोइरालाको नाम लिइरहन्छन् भन्ने विषयमा अहिले सर्वत्र चासो उत्पन्न भएको छ ।

    बिहीबार मात्रै पनि प्रचण्डले जनयुद्ध दिवस कार्यक्रममा कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको नाम लिए । उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले समेत राजतन्त्रविरुद्ध अझ फौजी आक्रमण बढाइदिन आफूलाई आग्रह गरेका थिए ।’ उनको यो अभिव्यक्तिले माओवादी जनयुद्ध प्रभावकारी ढंगले अघि बढ्नुमा कोइरालाको हात पनि प्रमुख रहेको भन्ने बुझिन्छ ।

    यसअघि पनि उनले गिरिजाप्रसाद आफूलाई सबैभन्दा धेरै मन पर्ने नेता, नेपालकै ठूलो नेता, कोइराला नभएको भए आफूहरू शान्तिपूर्ण राजनीतिमा आउन नसक्नेलगायत भन्दै आएका छन् ।तर, प्रचण्डले गिरिजाप्रसादको नाम बारम्बार लिनुको कारण भने अर्कै रहेको विश्लेषण गर्न थालिएको छ । प्रचण्ड आफूलाई गिरिजाप्रसाद बराबरीको हैसियतमा उभ्याउन चाहन्छन् । आफूलाई त्यही स्तरको नेता रहेको दाबी गर्छन् ।

    विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ता गर्नेमा गिरिजाप्रसादपछि आफू रहेको उनको भनाइ छ । गिरिजाप्रसादले आफूलाई यो देश अब तपाईको हातमा रहेको भन्दै जिम्मेवारी छाडेको प्रचण्डले बताउने गरेका छन् । गिरिजाप्रसादसँग जोडिँदा र त्यही हाराहारीको नेताभन्दा प्रचण्डले अहिलेका पार्टीभित्रका नेताहरूभन्दा आफूलाई शीर्षमै पार्न चाहन्छन् । 

    वर्तमान प्रधानमन्त्री केपी ओली शान्ति सम्झौतामा हस्ताक्षर गर्ने बेला एमालेमा तेस्रो वरीयताका नेता रहेको उनलाई थाहा छ । त्यही भएर प्रचण्ड आफूलाई सिनियर नेता भनाउन चाहन्छन् । यदि राजनीतिक सक्रियता र क्रियाशीलता हेर्ने हो भने पूर्वएमालेका दर्जनौं नेता प्रचण्डभन्दा सिनियर छन् ।


    फाल्गुण १, २०७६ बिहिवार १०:०१:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    खोज अनुसन्धानमा नयाँ युवा पिँढीलाई अगाडि बढाइनेछ - प्रधानमन्त्री ओली

  • 156
    SHARES
  • खोज अनुसन्धानमा नयाँ युवा पिँढीलाई अगाडि बढाइनेछ - प्रधानमन्त्री ओली

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका लागि युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य गरिने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज यहाँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही वर्षभित्र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले रणनीति बनाइरहेको बताउनुभयो । 

    “छनोटका हिसाबले बाहिर जाने कुरा बैग्ले हो । देश निर्माण गर्ने शक्ति बाहिर जाने खुशीको कुरा होइन”, उहाँले भन्नुभयो, “तर बाध्यताका हिसाबले बाहिर जाने अन्त्य गर्ने रणनीतिका साथ काम गरिरहेका छौँ । चाँडै नै ठोस योजना ल्याउने छौँ ।” उहाँले सीप र जोसजाँगर भएको बेला रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै युवालाई स्वदेशमा नै पर्याप्त रोजगारीका अवसर सिर्जना गरिने बताउनुभयो । उहाँले युवाको विकास, रोजगारीको अवसर, ज्ञान, सीप र क्षमता देशभित्र नै भरपुर प्रयोग गरेर मुलुकलाई अगाडि बढाउने बताउनुभयो । 

    उहाँले युवा देश विकासको सहयात्री भएकाले उनीहरुको जुन क्षेत्रमा रुचि र ज्ञान छ सोही क्षेत्रमा उपयोग गरिनेसमेत बताउनुभयो । “नवप्रवर्तनकारी, ज्ञान, सीप भएको सिर्जनशील समयमा युवाले बाहिर गएर बिताउन नपरोस्”, उहाँले भन्नुभयो, “आफ्नै देशको विकासमा श्रम खर्च गर्न सकियोस् । अनिमात्र नेपाल आत्मनिर्भर, विकसित देश बन्नेछ ।” 

    प्रधानमन्त्री ओलीले देश विकासका आधारमा युवालाई प्रयोग गर्न नसकिएको उल्लेख गर्दै अब खोज अनुसन्धानमा नयाँ युवा पिँढीलाई अगाडि बढाइनेसमेत धारणा राख्नुभयो । उहाँले युवालाई निराश नबनाई उनीहरुले देखेका सुन्दर सपना साकार पार्न सरकारले सहयोग गर्ने उल्लेख गर्नुभयो । 

    उहाँले कोभिड–१९ महामारीलाई पराजित गरी दिगो विकासको लक्ष्यलाई पूरा गर्न सरकार लागिपरेको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि युवा पिँढी नै आवश्यक रहेको बताउनुभयो । उहाँले युवालाई कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न र सबैलाई स्वास्थ्यका मापदण्ड पालना गराउन आग्रह गर्नुभयो ।  

    कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवामा भएको ज्ञान र सीपलाई श्रमसँग जोडेर उत्पादनशील बनाइने बताउनुभयो । उहाँले युवा उद्यमशीलता भएमात्र मुलुकको समृद्धि हुने भन्दै युवालाई स्वरोजगार र उद्यमीलता बनाउने अभियानमा सरकार रहेको बताउनुभयो । उहाँले आफ्नो टोल छिमेकमा युवा सहभागी भएर कोभिड–१९ रोकथाम र नियन्त्रणमा भूमिका खेल्नुपर्ने बताउनुभयो । 

    कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले हरेक क्षेत्रको नेतृत्व युवाले गर्ने गरी युवामा विकास गरिने बताउनुभयो । उहाँले सात प्रदेशमा युवामा भएको ज्ञान र सीप प्रस्फुटन गराउन युवा नवप्रवद्र्धन केन्द्र स्थापना गर्न थालिएको बताउनुभयो । उहाँले सहुलियपूर्ण कर्जा प्रवाह गरेर यस वर्ष ८० हजार युवालाई स्वरोजगार बनाउन थालिएको जानकारी दिनुभयो । उपाध्यक्ष ढुङ्गेलले परिषद्को नयाँ ऐन नआउँदा प्रदेश, जिल्ला र स्थानीय तहमा परिषद् गठन गर्न ढिलाइ भइरहेको समेत बताउनुभयो । 

    कार्यक्रममा राष्ट्रिय युवा सङ्घ, नेपाल सहसंयोजक रमेश पौडेल, नेपाल तरुण दलका नेता उत्तम चापागार्इं, अनेरास्ववियुका संयोजक ऐन महरले युवालाई नीतिनिर्माण तहमा पु¥याएमात्र मुलुकको विकास हुने बताउनुभयो । 

    ‘विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने मूल नाराका साथ यस वर्षको दिवस मनाइएको छ । परिषद्ले यस वर्ष कोभिड–१९ का कारणले भर्चुअल रूपमा कार्यक्रम गरेको थियो । युवाका विषय सम्बोधन गर्ने हेतुले राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्ष अगस्त १२ लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सोही घोषणासँगै युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २००४ देखि युवाका क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्थाको आयोजनामा कार्यक्रम मनाउन थालिएको हो । परिषद्ले सन् २०१६ देखि दिवस मनाउन थालेको हो । रासस
     


    श्रावण २८, २०७७ बुधवार १९:४९:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • क्यानाडानेपाल डेस्क

    नेकपाकी सांसद श्रेष्ठलाई पनि देखियो कोरोना संक्रमण

  • 542
    SHARES
  • नेकपाकी सांसद श्रेष्ठलाई पनि देखियो कोरोना संक्रमण

    काठमाडौं - धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाकी सांसद कुसुम श्रेष्ठलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । 

    स्वास्थ्यमा समस्या आएपछि उनले कोरोना परिक्षण गरेकी थिइन् । बुधबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमित भएपछि उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सबै सचेत रहन आग्रह गरेकी छिन् । 

    उनले सामाजिक सञ्जालमा एक सातादेखि आफूसँग सम्पर्कमा आएकाहरु सावधान रहन र परिक्षण गराउन आग्रह गरेकी छिन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । 

     


    श्रावण २८, २०७७ बुधवार १२:४०:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # सांसद कुसुम श्रेष्ठ

  • क्यानाडानेपाल डेस्क

    केपी ओली माधव नेपालको असलियतलाई नजरअन्दाज गर्दै हुनुहुन्छ : पूर्वमन्त्री पुरुषोत्तम पौडेल

  • 964
    SHARES
  • केपी ओली माधव नेपालको असलियतलाई नजरअन्दाज गर्दै हुनुहुन्छ : पूर्वमन्त्री पुरुषोत्तम पौडेल
    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको नेकपाको स्थायी समितिको वैठकको दौरान नेकपा उपाध्यक्ष वामदेव गौतमले भन्नु भएको रहेछ, ‘एक बर्ष अगाडि केपी ओलीबाट सरकार र पार्टी चल्दैन’ भनेर भन्दा माधव नेपालले हटाउनु हुँदैन सुध्रिन दिउँ भनेको भनेर हटाउन मान्नु भएन ।’
     
    अनि केहि दिन अगाडि स्वयं माधव नेपालले भन्नु भएको छ, ‘मलार्इ कोही कसैलार्इ पदमा ल्याउने वा हटाउने विषय ठूलो हैन, मेरो लागि विधि पद्धतिमा चल्ने पार्टीको ग्यारेन्टी ठूलो कुरा हो ।” यो कुनै दावी हैन, अडियोमा रेकर्डेड भनाइहरु हुन् ।
     
    ती अडियो सुनेर मात्रै पनि नेकपाको स्थायी समिति वैठक चलिरहँदा यो वैठकको एजेन्डाहलार्इ ओझेलमा पारेर वैठक केवल प्रधानमन्त्री केपी ओलीलार्इ दुवै पदबाट हटाउन मात्रै राख्न खोजिएको हो भन्ने जुन हौवा खडा गरेर लोकतन्त्रको हिमायती हुनुपर्ने पार्टी र त्यसका नेतालार्इ कमिटी प्रणालीको विरुद्ध खडा गर्ने काम गरियो, त्यसभित्र लुकेको षड्यन्त्र बुझ्न काफी छ।
     
    झन् केपीलार्इ आजै अहिले हटाउनुपर्छ भनेर भन्दा माधव नेपालले मान्नुभएन भन्ने बामदेव गौतमलार्इ पार्टी एकताको सूत्राधार अनि मलार्इ पद चाहिएको छैन, विधिमा चल्ने पार्टी चाहिएको छ भन्ने माधव नेपाललार्इ एकता विरोधी, सरकार विरोधी अनि केपी ओली विरोधी भनेर प्रचार गरेर के गर्न खोजिएको हो ? त्यो पनि बुझ्न गाह्रो छैन ।
     
    तर वुझ्न गाह्रो चाहिं के छ भने आफ्नैको आलोचना र विरोध सहेर २०६२–६३ मा लोकतन्त्र स्थापनापश्चात केपी ओलीलार्इ आफ्नो पार्टीको तर्फवाट सरकारको नेतृत्व गर्न पठाउने माधव नेपाल जसले आफ्नो नेतृत्वकालमा सदैव असहमतिका वावजुद केपी ओलीसँग संवाद, सहमति र सहकार्य गर्दै आउनुभयो, आज किन अनेकन स्वार्थका दासहरुको कुरा सुनेर केपी ओली स्वयं माधव नेपालको असलियतलार्इ नजरअन्दाज गर्दै हुनुहुन्छ ।
     
    जव असहमति, असन्तुष्टि हुन्छन्, तब त्यसको सम्वोधन हुनुपर्छ र त्यो सम्वोधन तत्काल नेतृत्वमा हुनेले गर्ने हो, तसर्थ अहिले पनि त्यही हुन आवश्यक छ । चाटुकार, दलाल र विभाजनका संवाहकहरुले यसो रे , त्यसो रे भन्दै लगाएको कुरालार्इ बेवास्ता गरेर सम्माननीय प्रधानमन्त्री केपी ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल सहितका नेताहरुसँग नयाँ शिराबाट संवाद, सहमति र सहकार्यको थालनी गर्नुपर्छ ।
     
    त्यसको सुरूवात गर्न वहाँले माधव नेपालको लडाइँ विधि र पद्धतिको निम्ति हो, टाउको मोटाएको जिउ सुकेको नभएर हृष्टपुष्ट तन्दुरुस्त पार्टीको ग्यारेण्टीको लागि हो भन्ने सत्यको मनन हुनुपर्छ ।
     
    आफ्नै अनेकन स्वार्थ र स्वार्थी समूहका स्वार्थका संवाहकहरुसँग संघर्ष र सहकार्य गरेको जस्तो माधव नेपाल जस्तो निष्ठा, इमान, स्वच्छता र सक्रियता भएको नेतासँग गर्न सहज हुँदैन भन्ने बुझ्न ढिला गर्दा सवैलार्इ घाटा होला किनकि त्यहाँ कुनै लेनदेनले काम गर्नेवाला छैन, त्यहाँ त विधि र पद्धतिको पालनाको प्रतिवद्धता, इतिहासको सम्मान र पारस्परिक सम्मान सहितको सहकार्यको व्यवहारिक प्रत्याभूतिको मात्रै अर्थ रहनेछ । –फेसबुकबाट


    श्रावण २८, २०७७ बुधवार १२:३१:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पूर्वमन्त्री पुरुषोत्तम पौडेल

  • क्यानाडानेपाल डेस्क

    सीमा विवादपछि पहिलोपटक नेपाल भारत उच्चस्तरीय बैठक बस्दै

    क्यानाडानेपाल

    श्रावण २८

  • 2.1K
    SHARES
  • सीमा विवादपछि पहिलोपटक नेपाल भारत उच्चस्तरीय बैठक बस्दै

    काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतसँग सम्बन्ध चिसिएको छ । सोही कारण अहिलेसम्म उच्चस्तरीय भेटघाट र बैठक हुन सकेको छैन । 

    तर, सीमा विवादपछि पहिलोपटक नेपाल भारत उच्चस्तरीय बैठक बस्ने भएको छ । कालापानीको सीमा विवादयता पहिलोपटक वार्ता हुने भएको हो ।

    वार्ता दिल्ली र काठमाडौंबाट भिडियो कन्फरेन्समार्फत् हुनेछ ।वार्ताको मिति तय नभए पनि १८ अगष्टका दिन हुनसक्ने भारतीय समाचारमाध्यम इन्डियन एक्सप्रेसले लेखेको छ । 

    वार्तामा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र  भारतका तर्फबाट राजदूत विनयमोहन क्वात्राले नेतृत्व गर्नेछन् । भारत सरकारको सहयोगमा भइरहेको विकास आयोजनाको प्रगतिबारे वार्ता केन्द्रित हुने बताइएको छ ।

    नेपालले नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको कडा प्रतिवाद गरेको छ । सोही कारण नेपालले कुनै छलफल राखेको थिएन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले धेरैपटक भारतसँग वार्ताको प्रस्ताव राखे पनि अस्वीकार हुँदै आएको रहस्य खोलेका थिए ।

     


    श्रावण २८, २०७७ बुधवार १०:३४:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सीमा विवाद
  • # नेपाल भारत सम्बन्ध

  • क्यानाडानेपाल

    शान्त र गम्भीर मुद्रामा प्रधानमन्त्री ओली

  • 3.7K
    SHARES
  • शान्त र गम्भीर मुद्रामा प्रधानमन्त्री ओली

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो क्याबिनेट बैठकमा शान्त र गम्भीर मुद्रामा प्रस्तुत भएको बैठकमा उपस्थित एक मन्त्रीले बताएका छन् । प्राय प्रधानमन्त्रीको शैली अलि कडा र आफूले भनेको र बुझेको मात्र सहि जस्तो तर्क दिने गरेको तर यस पटक गम्भीर मुद्रामा प्राय एजेण्डामा छलफल गरेको ति मन्त्रीले बताएको समाचार जन आस्था पत्रिकामा प्रकाशित छ ।

    क्याबिनेट बैठकमा उपस्थित मन्त्रीका अनुसार साँढे दुई वर्षका धेरैवटा क्याबिनेट बैठकमध्ये एक दुई वटामा मात्र प्रधानमन्त्री यसरी शान्त र गम्भीर मुद्रामा देखिएका हुन् । "हिजोको बैठकमा वहाँले कुनैपनि किसिमको छेडखान, यो, त्यो केही गर्नुभएन । कुनै ठूलो मन्तव्य वा उपदेश पनि नदिनुभएको र नितान्त एजेण्डामा केन्द्रित हुनुभएकोमा अधिकांश मन्त्री प्रफुल्ल थिए ।"

    नेकपा पार्टी भित्र विवाद चर्किंदै गएको र दुई अध्यक्ष बीच एक हप्तादेखि बोलचाल समेत नभएकोले गर्दा प्रधानमन्त्री ओली अहिले के गर्ने कसो गर्ने भन्ने गम्भीर चिन्तामा परेका छन् । नेकपाका शिर्ष नेताहरु गुट बनाएर आफू विरुद्ध अभियान थाले पश्चात प्रधानमन्त्री ओली अहिले चिन्तित छन् ।

    यो पनि पढ्नुहोस : सहमतिका लागि प्रचण्डको ओलीलाई नयाँ प्रस्ताव : दुवै अध्यक्षले राजीनामा दिने !

    प्रचण्ड समूहले एकोहोरो रुपमा आफ्नो राजिनामा मागिरहेको बेला प्रधानमन्त्री ओलीले आफू महाधिवेशनबाट मात्र अध्यक्ष पद छोड्ने र अर्को चुनाव पश्चातमात्र प्रधानमन्त्री पद हस्तान्तरण गर्ने आफ्नो भनाई राख्दै आईरहेका छन् । तर प्रचण्ड समूह भने प्रधानमन्त्री ओलीको यो कुरामा सहमत भएका छैनन् ।

    यो पनि पढ्नुहोस : ओली र प्रचण्डबीच एक हप्तादेखि बोलचाल ठप्प

    पुष्प कमल दाहाल 'प्रचण्ड'को सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएसंगै अहिले प्रचण्ड होम आइसोलेशनमा बसिरहेका छन् । शिर्ष नेताहरुको वरिपरि कोरोना संक्रमण देखिन थाले संगै अहिले प्रचण्ड समूहको भेटवार्ता रोकिएको छ भने प्रचण्ड-ओलीको एक हप्ता देखि बोलचाल नै ठप्प भएको छ ।


    श्रावण २७, २०७७ मंगलवार २३:३४:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • क्यानाडानेपाल डेस्क

    ओली र प्रचण्डबीच एक हप्तादेखि बोलचाल ठप्प

  • 340
    SHARES
  • ओली र प्रचण्डबीच एक हप्तादेखि बोलचाल ठप्प

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीच एक हप्तादेखी नै बोलचाल ठप्प छ । पार्टी भित्रको अन्तरिक विवाद सुल्झाउन पटक पटक बालुवाटारमा छलफलमा जुटिरहने यी दुई अध्यक्ष पछिल्लो समय भेटघाट बन्द गरेका छन् । 

    गत असार १० गते बाट शुरु भएको स्थायी कमिटीको बैठकमा प्रचण्ड, गौतम, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा दिन माग गरेपछि शुरु भएको नेकपा विवाद अझै समाधान हुन सकिरहेको छैन । पार्टीकै विवाद समाधान गर्न भनि भेटघाट गरिरहेका प्रचण्ड ओलीले एक्कासी भेटघाट बन्द गर्दा धेरैको चासो बढेको छ । 

    उनीहरुबीच पार्टीको विवाद समाधानको लागि एक हप्तादेखी कुनै संवाद पनि नभएको बताइएको छ । गएको मंगलबार ओली, प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङसहितका ४ नेताहरुबीच पार्टी विवाद सम्बन्धी कुराकानी हुँदा शीर्ष नेताहरुबीच संवाद हुन सकेन । 

    त्यसपछि बुधबार प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले  ओलीको कार्यशैलीको विरोध गरेपछि बैठक नै हुन सकेन ।  त्यसपछि भने प्रचण्ड र ओली बीच कुनै संवाद नभएको बताइएको छ । त्यसदिनदेखी दुवैबीच फोनमा पनि कुराकानी नभएको  प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटा जुगलले बताए । 


    श्रावण २७, २०७७ मंगलवार २१:३४:३८ बजे : प्रकाशित