बिहीबार
१५ फाल्गुण
२०७६

गायक पशुपति शर्माको नयाँ गीत 'जता नी चोर' सार्वजनिक (भिडियो)

बिहीबार फाल्गुण १, २०७६/ Thursday 02-13-20

काठमाडौं - चर्चित गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ । गायक पशुपति शर्माको सुमधुर स्वरमा 'जता नी चोर' बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक भएको हो । यस गीतमा गायक शर्मा कै शब्द र संगित रहेको छ । 

गीतलाई एरेन्ज केशब बडुले गरेका छन् । गीतको भिडियोमा भने गायक पशुपति शर्मा लगायतका कलाकारहरु देखिएका छन् । गीतको भिडियोलाई छयाँकन र निर्देशन दुर्गा पौडेलले गरेका छन् । भिडियोलाई सम्पादन भने नविन घर्तीमगरले गरेका छन् ।