• Aug 12 2020 | २०७७, श्रावण २८गते

२०७७, श्रावण २८गते

यो साता चर्चामा:

चीनबाट आएका यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध जारी

फाल्गुण १ २०७६
  • 516
    SHARES
  • चीनबाट आएका यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध जारी

    सिड्नी, एएफपी – कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अरु एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ । पछिल्लो समय चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढेपछि अस्ट्रेलियाले उक्त निर्णय गरेको जनाएको छ । 

    प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियालीलाई कोरोना भाइरसको जोखिमबाट जोगाउन अरु केही हप्ता चीनको मुख्य भूभागबाट आउने आगन्तुकमाथि रोक लगाइएको जानकारी दिनुभयो । उहाँले यो प्रतिबन्ध भाइरसको परिस्थितिमा विचार गरेर हप्तैपिच्छे निर्णय लिइने बताउनुभयो । 

    यस निर्णयले अष्ट्रेलियाका पर्यटन व्यवसायीलाई ठूलो चोट पुगेको छ । चिनियाँ पर्यटकको हिस्सा घटेपछि व्यवसायमा ठूलो नोक्सानी भएको छ । साथै नयाँ शैक्षिक वर्षका लागि अष्ट्रेलिया फर्कने आशा गरिरहेका हजारौं चिनियाँ विद्यार्थी अलपत्र परेका छन् । 

    नयाँ कोरोना भाइरसबाट चीनमा मृत्यु हुने र सङ्क्रमित व्यक्तिको संख्या नाटकीय रुपमा बढेको छ । पछिल्लो विवरणमा चीनमा मात्र एक हजार ३५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने ५० हजारभन्दा बढीमा कोरोनाको सङ्क्रमण देखिएको छ । प्रधानमन्त्री मोरिसनले भन्नुभयो, “हाम्रो पहिलो कर्तव्य हरेक अष्ट्रेलियालीलाई सुरक्षित राख्नु हो ।”
     


    फाल्गुण १, २०७६ बिहिवार १३:०५:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    पूर्व राष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक

  • 254
    SHARES
  • पूर्व राष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक

    नयाँ दिल्ली, एएनआई - भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ । 

    मष्तिकको आकस्मिक शल्यक्रियापछि उनको अवस्था गम्भीर भएको र हाल भेन्टिलेटरमा राखिएको मुखर्जीलाई भर्ना गरिएको सैनिक अस्पतालले बुधबार जानकारी गराएको छ ।

    ‘हाल, उहाँको ‘हेमोडाइनमिकली’ स्थिर भएको र भेन्टिलेटरमा हुनुहुन्छ’ आर्मी अस्पतालले जानकारी दिएको छ । पूर्व राष्ट्रपतिको मस्तिष्कमा क्लट जमेको कारण गत १० अगस्तमा आपतकालीन शल्यक्रिया गरिएको थियो । तर कुनै सुधार नदेखिएको बताइएको छ ।
     
     गत सोमबार ८४ वर्षीय मुखर्जीले आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको ट्वीटरमार्फत बताउनु भएको थियो । केही दिनयता आफू सम्पर्कमा आएर व्यक्तिहरुलाई कोरोना परिक्षण गराउन र अलग्ग बस्नको लागि समेत उहाँले आग्रह गरेका थिए ।


    श्रावण २८, २०७७ बुधवार १८:३९:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रणब मुखर्जी

  • क्यानाडानेपाल डेस्क

    रुसको कोरोनाविरुद्धको खोपको तस्बिर सार्वजनिक, पुटिनकी छोरीको शरीरमा एन्टिबडी बढेको दावी

  • 728
    SHARES
  • रुसको कोरोनाविरुद्धको खोपको तस्बिर सार्वजनिक, पुटिनकी छोरीको शरीरमा एन्टिबडी बढेको दावी

    काठमाडौँ। रुसले बुधबार (आज) कोरोनाभाइरसविरुद्धको खोप रजिस्ट्रर गराउने भएको छ । मंगलबार रुसका रास्ट्रपति भ्लादिमीर पुटिनले आफ्नो देशले खोप तयार गरेको दाबी गरेका थिए । खोपलाई स्वीकृति दिँदै कोरोनाविरुद्धको खोप विकास गर्ने पहिलो देश रुस बनेको उनले बताएका छन्।

    यसैबीच रुसले कोरोनाविरुद्ध खोप ’स्पुतिनिक भी’को पहिलोपटक तस्बिर सार्वजनिक गरेको छ। भ्याक्सिनको पहिलो डोज राष्ट्रपति भ्लादिमीर पुटिनकी छोरीलाई दिइएको थियो। उनलाई उक्त खोपको दुईवटा डोज दिइएको थियो। राष्ट्रपति पुटिनका दुई छोरीहरु छन्, तर उनको कुन छोरीलाई खोप दिइएको विवरण भने खुलाइएको छैन।

    त्यसैगरी पुटिनकाअनुसार खोप दिएपछि छोरीको शरीरको तापक्रममा परिवर्तन आएको छ अर्थात शरीरमा एन्टिबडी बढेको छ । पहिलो डोजमै उनको शरीरको तापक्रम एक सय दशमलव ४ डिग्री फरेनहाइट रहेको थियो भने खोपको दोस्रो डोजपछि तापमान एक डिग्रीले घटेर ९८ दशमलव ६ मा आएको राष्ट्रपति पुटिनले बताए।

    sfd.JPG

    https://twitter.com/RusEmbUSA/status/1293255299659431937


    श्रावण २८, २०७७ बुधवार १५:२९:५५ बजे : प्रकाशित

    विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ५ लाख नाघ्यो, कुन देशमा कति संक्रमित र मृत्यु भए ? (अपडेट)

  • 578
    SHARES
  • विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ५ लाख नाघ्यो, कुन देशमा कति संक्रमित र मृत्यु भए ? (अपडेट)

    काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण हालसम्म विश्वका २ सय १३ देश प्रभावित भइरहेका छन् । कोरोनाबाट विश्वभरमा मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । 

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बुधबार बिहानसम्म विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख ४५ हजार ९ सय ७१ पुगेको छ भने संक्रमितको संख्या २ करोड ५ लाख २६ हजार पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १ करोड ३४ लाख ४७ हजार ९ सय १० जना उपचारपछि निको भएका छन् । 

    हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ६७ हजार ७ सय ४९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५३ लाख  ५  हजार ९ सय ५७पुगेको छ ।  

    त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ३ हजार ९९ पुगेको छ भने संक्रमितको संख्या ३१ लाख १२ हजार ३ सय ९३ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार १ सय ३१ पुगेको छ भने संक्रमितको संख्या ८ लाख ९७ हजार ५ सय ९९  पुगेको छ ।

    w.JPG

    ww.JPG


    श्रावण २८, २०७७ बुधवार ११:५४:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # विश्व
  • # अपडेट

  • क्यानाडानेपाल डेस्क

    रुसको कोरोना खोपमा डब्ल्यूएचओको चेतावनी, हतार गरे खतरनाक साबित हुन सक्छ

  • 1.3K
    SHARES
  • रुसको कोरोना खोपमा डब्ल्यूएचओको चेतावनी, हतार गरे खतरनाक साबित हुन सक्छ

    काठमाडौँ। रुसले आज कोरोना खोप रजिस्ट्रर गराउने भएको छ । मंगलबार रुसका रास्ट्रपति भ्लादिमीर पुटिनले आफ्नो देशले खोप तयार गरेको दाबी गरेका थिए । खोपलाई स्विकृती दिँदै कोरोनाभाइरसविरुद्धको खोप विकास गर्ने पहिलो देश रुस बनेको उनले बताएका छन्।

    तर, विश्व स्वास्थ्य संगठनले रूसको उक्त दावीप्रति आफूलाई कुनै जानकारी नभएको बताएको छ। डब्लुएचओले रुसले खोपको विषयमा गरेको यस्तो हडबड र हतार विश्वका लागि खतरनाक साबित हुन सक्ने चेतावनी दिएको छ।

    डब्ल्यूएचओले कुनै पनि कोरोनाभाइरसविरुद्धको खोपले संस्थानबाट स्वीकृति प्राप्त गर्न सुरक्षा डाटाको समीक्षा आवश्यक पर्ने बताएको छ। पुटिनले कोरोनाभाइरसविरुद्धको खोपको बारेमा जानकारी दिदैं खोपले सबै किसिमको स्वीकृति पाइसकेको र पंजीकरणसमेत भएको बताएका छन्।

    उनले आफ्नो दुई छोरीमध्ये एकलाई पहिलो खोप लगाएको र उनले अहिले राम्रो महसुस गरिरहेकी बताएका छन्। संयुक्त राष्ट्र

    स्वास्थ्य एजेन्सीका प्रवक्ता तारिक जसारेभिकले भने, ‘हामी रूसी स्वास्थ्य अधिकारीहरुसँग निरन्तर सम्पर्कमा छौं र खोपको बारेमा डब्ल्यूएचओको समीक्षासम्बन्धी छलफल भइरहेको छ।’ उनले कुनै पनि खोपको योग्यता जाँच गर्न कडा समीक्षा र मूल्यांकनको आवश्यकता पर्ने बताएका छन्।


    श्रावण २८, २०७७ बुधवार ११:२८:५० बजे : प्रकाशित

    अमेरिकाको उपराष्ट्रपतिमा कमला ह्यारिस उम्मेदवार, पहिलो एसियनमूलको महिला

  • 182
    SHARES
  • अमेरिकाको उपराष्ट्रपतिमा कमला ह्यारिस उम्मेदवार, पहिलो एसियनमूलको महिला

    काठमाडौँ। अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले सांसद कमला ह्यारिसलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने घोषणा गरेका छन्।

    सामाजिक सञ्जाल ट्वीटरमार्फत बाइडेनले कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदावर चयन गरेको बताउँदा आफूलाई गर्व लागेको र उनले कमलालाई ‘बहादुर योद्धा र अमेरिकाकी सबैभन्दा उत्तम जनसेवकमध्ये एक’ भनेका छन्।

    कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुन्। ५५ वर्षीया कमला ह्यारिस डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन्।

    उनी क्यालिफोर्नियाको ओक्लान्डामा जन्मिएकी हुन्। उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए। उनले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन्।

    कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई एक अमेरिकी भन्ने गर्छिन्।

    बीबीसीको सहयोगमा


    श्रावण २८, २०७७ बुधवार १०:५३:०३ बजे : प्रकाशित

    भारतमा भयावह बन्दै कोरोना, एकैदिन भेटिए ६१ हजार बढी संक्रमित 

  • 868
    SHARES
  • भारतमा भयावह बन्दै कोरोना, एकैदिन भेटिए ६१ हजार बढी संक्रमित 

    काठमाडौं - भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो समय भारतमा हरेक दिन ५० हजारको दरमा कोरोना संक्रमित फेला पर्न थालेका छन् । 

    वल्डोमिर्टस तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार २ सय ५२ कोरोनाभाइरसको संक्रमण देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २३ लाख २८ हजार ४ सय ५ पुगेको छ । 

    त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ सय ३५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६  हजार १ सय ८८ पुगेको छ । 

    त्यस्तै हालसम्म १६ लाख ३८ हजार १ सय १ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

    i.PNG


    श्रावण २८, २०७७ बुधवार ०९:२३:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत
  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    ताजा खबर