मंगलबार
६ फाल्गुण
२०७६

जाजरकोटमा दुईवटा टाउको भएको बच्चाको जन्म, आर्थिक सहयोग गरिदिन परिवारको अपिल

बिहीबार फाल्गुण १, २०७६/ Thursday 02-13-20

जाजरकोट - जाजरकोटको बारेकोटमा दुईवटा टाउको भएको बच्चाको जन्म भएको छ । जाजरकोट बारेकोट गाउँपालिका-७ स्यालाकी दुर्गा बस्नेतले दुईवटा टाउको भएको छोरी जन्माएको जनाइएको छ । 

मालबहादुर बस्नेतकी श्रीमती दुर्गाले दुईवटा टाउको भएको बच्चा जन्माएपछि सबै अचम्मीत परेका छन् । उक्त बच्चा ३.२५ केजीको रहेको र अहिले स्वस्थ नै रहेको जनाइएको छ । व्यथा लागेपछि दुर्गालाई बारेकोट ८ सक्लामा रहेको स्वास्थ्य चौकीमा लगिएको थियो । 

उक्त स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको सहयोगमा बुधबार दुईवटा टाउको भएको बच्चाको जन्म भएको जनाइएको छ । आर्थिक अभावका कारण दुईवटा टाउको भएको उक्त बच्चालाई अस्पताल लान नसकिएको जनाइएको छ । थप उपचारका लागी परिवारले आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्।