मंगलबार
६ फाल्गुण
२०७६

चिसो पानीले नुहाउदा मोटोपनको समस्या हुन्छ समाधान

बिहीबार फाल्गुण १, २०७६/ Thursday 02-13-20

काठमाडौं - धेरै मानिसहरुलाई मोटोपनले हैरान पारेको हुन्छ । मोटोपन भएका मानिसहरुलाई राम्रो सँग बस्न र हिड्न पनि समस्या परिरहेको हुन्छ । त्यसैले दुब्लाउने र शरिरलाई फिट राख्ने रहर धेरैमा हुने गर्छ । 

मानिसहरुले आफ्नो मोटोपन कम गर्न विभिन्न उपायको खोजी गर्ने गर्छन् । तर यदि हामिले mचिसो पानीले नुहाउने गरेमा मोटोपन कम हुने गर्छ । शरिरलाई फिट राख्न नियमित चिसो पानीले नुहाउनु जरुरी छ । 

चिसो  नियमित नुहाउने गरेमा रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । चिसो पानीले नुहाउँदा शरीरमा बढेको बोसो घट्छ । चिसो पानीले नुहाउँदा मोटोपन कम हुने मात्र होइन तनाव कम हुन्छ । चिसो पानीले नुहाउने गरेमा रक्तसञ्चार बढाउँछ र बोसो घट्छ ।