आइतबार
२३ चैत
२०७६

अन्तिम समयमा रोनाल्डोको गोलले युभेन्टस हारबाट जोगियो, एसी मिलानसँग बराबरी

शुक्रबार फाल्गुण २, २०७६/ Friday 02-14-20

एजेन्सी । क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलसँगै युभेन्टसले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा एसी मिलानसँग बराबरी खेलेको छ । युभेन्टसले १० खेलाडीमा समेटिएको घरेलु टोली एसी मिलानलाई १–१ गोलको बराबरीमा रोकेको हो । त्यसका लागि रोनाल्डोको अन्तिम समयको गोल पर्याप्त रह्यो ।


मिलानोमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६१औं मिनेटमा एन्टी रेविकको गोल गर्दै मिलानलाई अग्रता दिलाए । स्यामुइल क्यास्टिलेजोको क्रस पासमा रेविकको भली प्रहार गोलमा परिणत भएको थियो ।

७१औं मिनेटमा मिलान १० खेलाडीमा समेटिन पुग्यो । थियो हर्नान्डेजले पाउलो डिब्यालालाई फल गरेपछि रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाएका थिए । मिलान १० खेलाडीमा समेटिएपछि युभेन्टसले खेलमा पकड बनाउदै एक गोल गर्न सफल भयो ।