• Aug 12 2020 | २०७७, श्रावण २८गते

२०७७, श्रावण २८गते

कोरोनाभाइरसबाट मृत्यु हुने १५ सय पुगे, संक्रमितको संख्या ६५ हजार नाघ्यो

फाल्गुण २ २०७६
  • 640
    SHARES
  • कोरोनाभाइरसबाट मृत्यु हुने १५ सय पुगे, संक्रमितको संख्या ६५ हजार नाघ्यो

    काठमाडौं । चीनबाट फैलिएको कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढेको छ । विगत केही दिनयता तीव्र ढंगले मृतकको संख्या बढेको हो ।

    शुक्रबार बिहानसम्म यो भाइरसबाट मृत्यु हुनेको संख्या १४ सय ९१ पुगेको छ। बिहीबार चीनमा १ २३ र जापानमा एकजनाको मृत्यु भएको हो।

    बिहीबार चीनमा मात्रै थप ४८ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। शुक्रबार बिहानसम्म विश्‍वरभर गरेर कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ४७ पुगेको छ।

     


    फाल्गुण २, २०७६ शुक्रवार ०४:५४:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    सञ्जय दत्तलाई भएको फोक्सो क्यान्सर के हो, कसरी थाहा पाउने र फोक्सोलाई बचाउने ?

    रोहित शर्मा

    श्रावण २८

  • 222
    SHARES
  • सञ्जय दत्तलाई भएको फोक्सो क्यान्सर के हो, कसरी थाहा पाउने र फोक्सोलाई बचाउने ?

    काठमाडौँ। बलिउड अभिनेतालाई सञ्जय दत्तलाई फोक्साको क्यान्सर भएको छ । छातीमा दुख्ने र श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका उनलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएको हो । अस्पताल भर्ना भएपछि गरिएको परीक्षणमा उनी तेस्रो चरणको फोक्सो क्यान्सरबाट पीडित भएको पुष्टि भएको हो । उनले ११ अगस्टमा आफुमा फोक्सोको क्यान्सर भएको सामाजिक संजाल इन्स्टाग्राम मार्फत जानकारी दिएका हुन्।

    सञ्जय दत्त उपचारका अमेरिका जाने भएका छन्। फोक्सोको क्यान्सर के हो ? फोक्सोको क्यान्सर एक प्रकारको क्यान्सर नै हो, जुन फोक्सोलाई असर गर्छ । र बेलैमा उपचार नभएमा फोक्सोबाट सुरु भई दिमाग, मिर्गौला, हड्डी र कलेजोमा क्यान्सर सर्ने गर्दछ। छातीमा अवस्थित फोक्सो दुई स्पञ्जी अंगहरू हुन्, जसले श्वास लिँदा अक्सिजनलाई भित्र लिन्छ भने श्वास बाहिर निकाल्दा कार्बन डाइअक्साइडलाई बाहिरी वातावरणमा छोड्ने गर्छ।

    एक अध्ययनअनुसार विश्वभर प्रत्येक वर्ष फोक्सोको क्यान्सरका ६७ हजार नयाँ घटनाहरु देखापर्दछन्। जसमा पुरुष र महिला दुबै संलग्न छन्। यसैगरी, धुमपान र मध्यपान गर्ने मानिसमा फोक्सोको क्यान्सर हुने जोखिम बढी हुने गर्दछ। यद्यपि, फोक्सोको क्यान्सर ती व्यक्तिहरूमा पनि हुन सक्छ, जो कहिल्यै पनि धुमपान र मध्यपान गर्दैनन् । तर यिनीहरुमा जोखिम भने कम हुने गर्दछ। लगातार बढिरहेको प्रदूषण र गलत खानपानले पनि फोक्सो निम्त्याउन सक्छ।

    फोक्सोको क्यान्सरका संकेतहरु कसरी पहिचान गर्ने ?

    • अनावश्यक थकित हुनु
    • कफ र रगतसहितको खोकी
    • श्वास प्रश्वासमा समस्या आउनु
    • छातीमा असह्य पीडा
    • अचानक भोक लाग्न छोड्नु
    • जोर्नी तथा हड्डीहरु दुख्नु
    • अनुहार र घाँटी सुन्निनु 

    फोक्सोको क्यान्सरको सही उपचार

    फोक्सोको क्यान्सरका चार प्रकारका हुन्छन्। जुन एडेनोकार्सिनोमा, स्क्वामस सेल क्यान्सर, लङ सेल कार्सिनोमा र नन (स्मल सेल फोक्सोको क्यान्सर हुन्। यसको उपचार क्यान्सरको स्टेज र यसको प्रकार हेरेर गरिन्छ। पिडितको स्टेज र प्रकार हेरेर उनीहरुलाई उचित रेडिएशन, कीमोथेरेपी, सर्जरी वा टारगेटेड थेरापी दिने गरिन्छ।

    क्यान्सरको जोखिमबाट कसरी बच्ने ?

    प्रदूषणबाट सकेसम्म जोगिने , वातावरणलाई सफा र स्वस्च्छा राख्न बोट बिरुवाहरु लगाउने दैनिक पानीको सेवन उचित मात्रामा गर्ने, पानीको सेवन सहि तरिकाले गर्दा शरीरमा भएका सबै विषाक्त तत्वहरु बाहिर निस्किन्छन्।

    आहारमा हरियो तरकारी, जुस, मौसमी फल, नरिवल पानी, जडिबुटीहरू खाने । यसले फोक्सोलाई सफा र डिटक्स गर्न मद्दत गर्दछ र क्यान्सरबाट जोगाउँदछ।

    घरमा सकिन्छ भने एयर प्युरिफायरको प्रयोग गर्ने यसले हावालाई दुषित हुन दिँदैन घर वा आफ्नो निजी सवारीलाई सफा गर्दा रसायनयुक्त उत्पादनहरुको प्रयोग नगर्ने, इको फ्रेण्डली उत्पादनहरुको प्रयोग गर्दा स्वास्थ्यलाई लाभ हुनुका साथै वातावरण पनि स्वच्छ हुने गर्दछ।

    सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको धूमपान, मदिरा, सुर्तिजन्य, ई–सिगरेट र अन्य यस्ता पदार्थहरूबाट सकेसम्म टाढा रहनु होला।

    फोक्सोलाई सफा र डिटक्स गर्ने केहि घरेलु उपचार

    – एक ग्लास पानीमा तुलसीको पात, मरिच, ल्वाङ, अदुवा, दालचिनी र सुकमेल उमालेर दिनमा दुईपटक पिउनुहोस्, यसले गर्दा फोक्सो सफा हुनुका साथै फोक्सोलाई डिटक्स गर्न पनि मद्दत गर्दछ।

    – तोरी तेलमा खाने कपूरलाई मिलाई छातीको मालिस गर्दा यसले फोक्सोलाई स्वास्थ्य राख्दछ ।

    – फोक्सोलाई स्वास्थ्य राख्न लसुन, अदुवा, धनियाँ, पुदिना, मुलेठी, मह, अनार अधिक मात्रमा सेवन गर्नुहोस् ।

    – दैनिकरुपमा सक्खरमा प्याजको रसलाई मिलाएर पिउनुहोस, यसले फोक्सोलाई स्वास्थ्य राख्नुका साथै छाती तथा गलामा कफ पनि हुन दिदैन् ।

    – दैनिकरुपमा १ कप ग्रिन टिको सेवनले फोक्सोमा संक्रमण हुन नदिइ क्यान्सरको जोखिम पनि कम गर्दछ।

    एजेन्सीको सहयोगमा


    श्रावण २८, २०७७ बुधवार १९:१३:११ बजे : प्रकाशित

    राति अबेरसम्म जागा रहनुका यस्ता छन् फाइदा

  • 1.8K
    SHARES
  • राति अबेरसम्म जागा रहनुका यस्ता छन् फाइदा

    काठमाडौँ। राति अबेरसम्म जागा रहँदा स्वास्थ्यमा थुप्रै किसिमका नकारात्मक असर पर्ने चिकित्सकले बताउँदै आएका छन् । तर, यसका केही फाइदा पनि रहेको छ। मिलानको क्याथोलिक विश्वविद्यालयले गरेको अनुसन्धानले रात अबेरसम्म जाग्नुका केही फाइदा हुने तथ्य पत्ता लगाएका छन् ।

    अनुसन्धानका अनुसार राति अबेरसम्म बस्दा क्रिएटिभिटी अर्थात् दिमागमा रचनात्मकताको विकास हुने गर्दछ। अन्वेषकहरूले विभिन्न उमेर समूह अध्ययन गरेका थिए। अनुसन्धानमा संलग्न व्यक्तिहरूलाई एउटा घुमाउरो र सीधा रेखाको साथ चित्र पूर्ण गर्न खटाइएको थियो। जसमा अन्वेषकहरूले अबेरसम्म जाग्ने व्यक्तिहरुले उक्त कार्य कुनै समस्याको सामना नगरी सफलतापूर्वक पूर्ण गरे भने यसका विपरीत व्यक्तिहरुले औसत अंक प्राप्त गर्न पनि संघर्ष गर्नुपरेको पत्ता लगाएका छन्।

    यसैगरी, बेल्जियमको लीज युनिभर्सिटीको अनुसन्धानले रात अबेरसम्म जाग्नेहरु तुलात्मक रुपमा मानसिक रुपमा बढी सक्रिय हुन्छन्। रातमा चाँडै सुत्नेहरु मानसिक रुपमा छिट्टै थाक्ने गर्दछन्। राति अबेरसम्म बस्दाको फाइदा विशेषगरी भर्खरै अभिभावक बनेकाहमा हुने गर्दछ।

    जो भर्खर छोराछोरीका आमाबुवा बनेका हुन्छन्, उनीहरुले आफ्नो नवजात शिशुको राम्रो हेरचाह गर्न सक्छन्। सामान्यतः जन्म भएपछि केही हप्ताक लागि, बच्चाहरू निरन्तर दुईदेखि चार घन्टा पनि मुस्किलले सुत्ने गर्छन्। यस्तो अस्वस्थामा जसको भर रात जाग्ने र काम गर्ने बानी हुन्छ, उनीहरुले बच्चा बिरामी भएको नभएको राम्रोसँग चाल पाउन सक्छन्।

    त्यसैगरी, जो राति अबेरसम्म जाग्ने गर्छन्, उनीहरुले आफूलाई मन परेको काम गर्ने प्रशस्त समय पाउँछन् र उनीहरुमा कुशलताको पनि विकास हुने गर्दछ।


    श्रावण २८, २०७७ बुधवार १२:५८:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राति अबेर
  • # फाइदा
  • # अनुसन्धान

  • क्यानाडानेपाल डेस्क

    आयुर्वेदिक टिप्स : राति भुलेर पनि नखानुहोस् यी चीज

  • 4.0K
    SHARES
  • आयुर्वेदिक टिप्स : राति भुलेर पनि नखानुहोस् यी चीज

     काठमाडौँ। आयुर्वेदकाअनुसार मानिसले जहिले पनि आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर मात्र भोजन गर्नुपर्दछ । हरेक व्यक्तिले आफ्नो भोजनमा उचित मात्रामा गुलियो, नुनिलो, अमिलो, हल्का तितोपिरो स्वादलाई अनिवार्य रुपमा सामिल गर्नुपर्ने आयुर्वेदमा उल्लेख छ । जसले गर्दा शरीरमा पोषक तत्वको राम्रो पूर्ति हुने गर्दछ।

    खासगरी, रात्रीको भोजन गर्दा केहि खानेकुरा सकभर खानु हुँदैन । आयुर्वेदले बाथ, पित्त र कफका रोगीहरुले रातको समयमा भोजन गर्दा धेरै कुरामा सावधानी अपनाउनु पर्ने सल्लाह दिएको छ। आयुर्वेदमा रातको समयमा केहि खानेकुराहरु नखान सल्लाह दिइएको छ।

    राति के खानेकुराहरु खानु हुँदैन

    दही : राति कहिल्यै पनि दहीको सेवन गर्नु हुँदैन। राति दहिको सेवनले छातीमा कफ जम्न तथा घ्यारघ्यार हुने गर्दछ । जसले गर्दा श्वासप्रस्वासमा समस्या उत्पन्न गराउँदछ । रातको समयमा दहिको साटो दुध सेवन गर्दा स्वास्थ्यलाई लाभदायक हुने गर्दछ।

    दूध : यदि राति दूध पिउने बानी छ भने, यसलाई थोरै परिवर्तन गर्न आवश्यक पर्छ। रातमा कम फ्याट वा गाईको दूध मात्र सेवन गर्नुहोस् । रातमा दुध सेवन गर्दा जहिल्यै पनि तातो दुध पिउनुहोस, तातो दुधलाई शरीरले सजिलै पचाउन सक्छ।

    मसलेदार खाना : रातमा मात्र नभएर दिनमा पनि खाना बनाउँदा वा खाँदा कम मसला भएको खानेकुराहरू खानु पर्दछ। मसलाले शरीरको ताप बढाउँदछ र भोक पनि धेरै लाग्ने हुन्छ। साथै, यसले पेट पोल्नेदेखि अन्य समस्याहरू निम्त्याउन सक्छ। जहिले पनि खानामा दालचिनी, सुप, मेथी र अलैंची प्रयोग गर्नुहोस्। यसले पेटको समस्याहरूलाई टाढा राख्न मद्दत गर्दछ ।

    प्रोटिनको मात्रालाई कम गर्ने : बेलुकाको खानामा प्रोटिनयुक्त खाद्य पदार्थहरूको सेवनलाई कम गर्नुहोस् । उच्च प्रोटिन भएका खाना जस्ता जस्तै दाल, हरियो सागसब्जी, माछा, मासु, फलफुल लगायतका खानाहरु कम सेवन गर्नुपर्दछ।

    उच्च प्रोटिन भएका खाना पचान प्रकियामा समस्या निम्त्याउन सक्छ। यदि सेवन नै गर्नुछ भने पनि थोरै मात्रामा गर्नुहोस् ।


    श्रावण २७, २०७७ मंगलवार १९:५३:१३ बजे : प्रकाशित

    अफिन भन्छ : निजी अस्पतालले कोरोना संक्रमित लुकाउन सक्दैन

    सुदिप पौडेल

    श्रावण २७

  • 258
    SHARES
  • अफिन भन्छ : निजी अस्पतालले कोरोना संक्रमित लुकाउन सक्दैन

    काठमाडौं ।  निजी अस्पतालहरुले कोरोनाभाइरस संक्रमित बिरामी लुकाएको भन्ने आरोपलाई निजी अस्पतालको छाता संगठन एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टच्यूसन अफ नेपाल (अफिन)ले खण्डन गरेको छ ।

    निजी अस्पतालले कोरोनाभाइरस संक्रमित बिरामी लुकाउने गरेको भन्ने आरोप लाग्न थालेको छ । लकडाउनको सुरुवाती अवस्थामा बिरामी जाँच्न आनकानी गरेको आरोप खेपेका निजीहरुले अहिले कोरोनाभाइरस संक्रमित बिरामी लुकाउने गरेको आक्षेपको सामना गरेका छन् । 

    मुलुकभर कोरोनाभाइरस संक्रमण बढिरहँदा निजी अस्पतालले कोरोना संक्रमित बिरामीबारे गोप्य राखेर आफ्नो व्यवसायमा आँच आउन नदिएको आरोप लागेको हो । तर, यसलाई अस्वीकार गर्छन्,  निजी अस्पतालको छाता संगठन एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टच्यूसन अफ नेपाल (अफिन)का वरिष्ठ उपाध्यक्ष कुमार थापाले । 

    कोरोनाभाइरस संक्रमण दिनानुदिन बढिरहँदा अस्पताल र शैय्याको अभाव हुने अवस्था सृजना हुँदा निजी अस्पतालमाथि सो आरोप लागेको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भारतमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा नआएसम्म नेपालमा महामारी नघट्ने बताइसकेका छन् ।

    नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने निश्चित छ । कोरोना संक्रमितको उपचारका लागि सरकारी तथा सामुदायिक अस्पतालले मात्रै धान्दैन । यसर्थ निजी अस्पताल जिम्मेवार बन्दै आफ्नो विश्वसनीयता कायम राख्नु पर्नेछ भने निजी अस्पतालकाबारे अफवाह फैल्याउनु पनि उचित हुँदैन । 

    मंगलबार परोपकारी प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औँ बार्षिक उत्सव समारोहमा मंगलबार मन्त्री ढकालले विज्ञहरुले अहिले कोरोनाको उच्च जोखिम रहेकाले संक्रमितको दर बढ्ने बताएका छन् ।

    ‘साउन २५ देखि भदौ २ गतेसम्म कोरोना उच्च जोखिमको अवस्था रहेको छ। यही अवस्थामा जोखिम कायम रहिरहे ९१ हजार पोजेटिभ देखिन्छन्। र, मध्यम खालको रहेका ३९ हजार पुग्छन् भन्ने हाम्रो अनुमान हो,’ मन्त्री ढकालले भने, ‘त्यसका लागि हामीले व्यवस्थापन गर्नुपर्छ नियन्त्रण गर्न लागिपरेका छौँ।’ 

    कोरोना संक्रमितको बढिरहँदा र अझै बढ्ने मन्त्रीको अभिव्यक्ति आइरहँदा निजी, सामुदायिक र सरकारी अस्पतालको स्वास्थ्य सेवा विश्वसनीयता हुनु आवश्यक छ । कुनै पनि अस्पतालको विश्वासप्रति शंका उब्जिएमा यसले कोरोना संक्रमण नियन्त्रणमा गम्भीर असर गर्नेछ । 

    निजी अस्पतालले संक्रमित लुकाउन सक्दैन 

    निजी अस्पतालहरुले कोरोनाभाइरस संक्रमित लुकाउने गरेको आरोप खेपेका छन् । लकडाउनको सुरुवाती अवस्थामा सामान्य बिरामीलाई पनि स्वास्थ्य सेवा नदिएको आरोप खेपेका निजी अस्पतालमाथि अहिले कोरोनाभाइरस संक्रमित बिरामीबारे गोप्य राखेको आरोप लागेको छ ।

    कोरोनाभाइरस संक्रमित देखिएमा व्यवसायमा आँच आउने भन्दै उनीहरुले बिरामी लुकाएको आरोप लागेको हो । तर, यो सम्भवन नरहेको अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापाले क्यानडानेपाललाई जानकारी दिए । कोरोनाभाइरस पोजेटिभ देखिएमा सरकार आफैंले घोषणा गर्ने गरेको उनले जानकारी दिए । 

    ‘निजी अस्पतालले कोरोनाभाइरस संक्रमित बिरामीलाई लुकाउन सक्दैन’, उनले भने, कोरोना परीक्षणदेखि घोषणा सबै स्वास्थ्य तथा जनसंख्यामन्त्रालय आफैंले गर्छ । बिरामी लुकाउने भन्ने आरोप निराधार छ ।’

    कोरोनाभाइरस परीक्षण भइसकेपछि यसबारे मन्त्रालयलाई अनिवार्य रुपमा जानकारी गराउनु पर्ने वरिष्ठ उपाध्यक्ष थापाको भनाइ छ । कोरोनाभाइरस परीक्षणमा नेगेटिभ रिपोर्ट आएमा अस्पताल आफैंले भन्न सक्ने भन्दै उनले पोजेटिभ आएमा अस्पतालले नभएर स्वास्थ्य मन्त्रालयले घोषणा गर्ने गरेको छ । यो अवस्थामा निजी अस्पतालले कोरोनाभाइरस संक्रमित बिरामी लुकायो भन्नु सरासर गलत हो उनको भनाइ छ । 

    अफिनका वरिष्ठ उपाध्यक्ष थापाको भनाइमा स्वास्थ्य मन्त्रालय पनि सहमत छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पनि निजी अस्पतालले कोरोनाभाइरस संक्रमित बिरामी लुकाउन नसक्ने बताए । ‘निजी अस्पतालले कोरोनाभाइरस संक्रमित बिरामी लुकाउन सक्दैन’, उनले क्यानडानेपालसँग भने, ‘निजी अस्पतालले संक्रमित बिरामी लुकाएको अहिलेसम्म कुनै घटना फेला परेको छैन ।’ 

     


    श्रावण २७, २०७७ मंगलवार १२:५२:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • सुदिप पौडेल

    अब हरेक अस्पतालले कोरोना बिरामीका लागि २० प्रतिशत बेड छुट्याउन पर्ने

  • 214
    SHARES
  • अब हरेक अस्पतालले कोरोना बिरामीका लागि २० प्रतिशत बेड छुट्याउन पर्ने

    काठमाडौं । देशभरका अस्पतालले अब कोरोना बिरामीका लागि २० प्रतिशत बेड छुट्याउन पर्नेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिँदै देशभर रहेका सम्पूर्ण अस्पतालले आफुसँग जति क्षमता छ त्यसको २० प्रतिशत कोरोना बिरामीका लागि बेड छुट्याउन भनेकाे छ ।

    मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर रहेका सबै निजी, सामुदायिक र सरकारी अस्पतालहरुले कोरोना उपचारको लागि २० प्रतिशत बेड छुट्याएर सरकारलाई जानकारी गराउन निर्देशन दिएका हुन्।


    श्रावण २७, २०७७ मंगलवार ११:२०:०७ बजे : प्रकाशित

    पानीको बोतलमा थुप्रै ब्याक्टेरियाहरु हुन्छन्, यसरि राख्नुहोस् आफ्नो बोतललाई सफा

  • 198
    SHARES
  • पानीको बोतलमा थुप्रै ब्याक्टेरियाहरु हुन्छन्, यसरि राख्नुहोस् आफ्नो बोतललाई सफा

    काठमाडौँ। गर्मीको मौसम होस् वा जाडोको समय पानीका बोतलहरू सबै घर घरमा पाइन्छ। प्रत्येक दिन पानी पिउन हिजो आज मानिसहरु विभिन्न प्रकारका बोतलहरू प्रयोग गर्छन्। तर, यसको सफाईमा भने उचित ध्यान दिएको पाइदैन जसका कारण यस्ता बोतलहरुमा विभिन्न किसिममा ब्याक्टेरिया फस्टाउन थाल्छन्। पानीको बोतलहरुलाई समय समय सफा नगर्नाले यसबाट नराम्रो गन्ध आउँने गर्छ।  त्यसैगरी, यस्ता फोहोर बोतलहरुमा पानी पिउँदा विभिन्न किसिमका समस्या निम्तिन सक्छन्।  सामान्यतया बोतलहरूमा रहेको पानी पिउँदा पेटमा समस्या आउनुका साथै स्वास्थ्यमा अन्य समस्याहरू देखिन सक्छ।  

    कस्तो बोतललाई कसरी सफा गर्ने ? 

    शिशाको बोतल:शिशाको बोतल सफा गर्न जहिले पनि मनतातो पानीको प्रयोग गर्नु निकै फाइदाजनक हुन्छ । यसैगरी, बोतललाई राम्ररी सफा गर्न डिश वाशका केही थोपाहरूपनि प्रयोग गर्न सकिन्छ। डिश वाशले मजाले धोएपछि यसलाई मनतातो पानीले पल्खानुहोस्।  

    स्टेनलेस स्टीलको बोतल: चिसो वातावरणमा ब्याक्टेरियाहरु द्रुत रूपमा बढ्ने गर्दछन।  यस्ता किसिमका बोतलमा पनि कीटाणुहरू लुकेका हुन्छन्। यस्ता बोतल बाहिरबाट सफा देखिएपनि भित्र थुप्रै किसिममा ब्याक्टेरियाले वास गरेका हुन्छन्। यस्तो बोतललाई सफा राख्न १ चम्मच भिनेगर र डिश वाश मिश्रण गरी बोतलको बिर्को बन्द गरेर १ देखि २ घण्टा सम्म छोडदिनुहोस् र यसलाई पछि तातोपानिले धुनुहोस्।  

    प्लास्टिकको बोतल: प्लाष्टिक बोतलहरूमा कीटाणुहरूको अधिकतम मात्रा पाइने गरिन्छ।  यस्ता बोतलहरु सजिलै र सस्तोमा बजारमा पाइने भएका कारण सबैले यस बोतलको प्रयोग गर्ने गर्छन्। प्लास्टिकको बोतल लामो समय सफा नगरी राख्दा यसबाट नराम्रो गन्ध आउन थाल्छ। त्यसैले यस्ता किसिमका बोतल प्रयोग गर्दा निकै सावधानी अपनाउनु पर्ने हुन्छ। अन्यथा, यस बोतलबाट पानी पिउँदा पेटका समस्याहरु निम्तिन सक्छन्। यस बोतललाई सफा गर्न साबुन प्रयोग गर्न सकिन्छ भने यसबाट आउने गन्ध हटाउन, १-१ चम्चा बेकिङ सोडा र ब्लीच पाउडरलाई पानीमा मिलाएर बोतलमा राख्नुहोस। एक रात भरी यसलाई त्यतिकै छोडदिनुहोस र भोलिपल्ट यसलाई सफा र तातोपानीले धुनुहोस्।  


    श्रावण २६, २०७७ सोमवार १९:४२:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बोतल
  • # पानी
  • # सफा
  • # ब्याक्टेरिया

  • क्यानाडानेपाल डेस्क