• Aug 12 2020 | २०७७, श्रावण २८गते

२०७७, श्रावण २८गते

सुन किन्दै हुनुहुन्छ ? आजको बजार भाउ हेरेर जानुहोस्

फाल्गुण २ २०७६
  • 3.1K
    SHARES
  • सुन किन्दै हुनुहुन्छ ? आजको बजार भाउ हेरेर जानुहोस्

    काठमाडौं । माघमा सुनको मूल्यले तोलामा साढे ७६ हजारसम्मको रेकर्ड राख्यो । असार महिनायता मात्रै सुनको भाउ तीव्र ढंगले बढ्दै गइरहेको छ । सातामा हरेक दिनजसो भाउ बढिरहेको हुन्छ ।

    माघ र फागुन महिना विवाहको महिना भएकाले पनि यस अवधिमा सुनको मूल्यमा उतारचढाव आइरहेको हुन्छ । त्यसैले सुन किन्न जानुअघि भाउ थाहा पाएर जाँदा राम्रो हुन्छ ।

    साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार ७६ हजारमा कारोबार भएको छापावाला सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमै कारोबार भइरहेको छ । चाँदी पनि स्थिर रहेर प्रतितोला ८ ८० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

     


    फाल्गुण २, २०७६ शुक्रवार ०५:३६:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    राष्‍ट्रबैंकका कर्मचारीमा पनि देखियो कोरोना संक्रमण, मुद्रा व्यवस्थापन विभाग सिल

  • 84
    SHARES
  • राष्‍ट्रबैंकका कर्मचारीमा पनि देखियो कोरोना संक्रमण, मुद्रा व्यवस्थापन विभाग सिल

    काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो दिनहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । कोरोनाको संक्रमण विभिन्न कार्यालयका कर्मचारीहरुमा पनि देखिएको छ ।

    यस्तै नेपाल राष्‍ट्र बैंकका एक कर्मचारीमा बुधबार कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिनेमा राष्‍ट्रबैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा रहेका एक कर्मचारी रहेका छन् । 

    उक्त कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बैंकको मुद्रा व्यवस्थापन विभाग सिल गरिएको जनाइएको छ । त्यस्तै कोरोना संक्रमित कर्मचारीसँग काम गर्ने अन्य कर्मचारीको परिक्षण गरिएको जनाइएको छ । 
     


    श्रावण २८, २०७७ बुधवार २०:२६:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्‍ट्रबैंक
  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    हेर्नुहोस् यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमयदर (तालिकासहित)

  • 344
    SHARES
  • हेर्नुहोस् यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमयदर (तालिकासहित)

    काठमाडौं - आज बुधबार नेपाली बजारमा अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रिदर  १ सय १९ रुपैयाँ ५४ पैसा तोकिएको छ ।त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६१  पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५६ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५७ रुपैयाँ १८ पैसा  तोकिएको छ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४ पैसा तोकिएको छ ।  

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ३१  रुपैयाँ ९८ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९४ पैसा तोकिएको छ ।  

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ २२ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ १४ पैसा तोकिएको छ ।

    mmm.jpg
     
     


    श्रावण २८, २०७७ बुधवार ११:३८:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडानेपाल डेस्क

    एकैपटक ६ हजारले घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

  • 1.1K
    SHARES
  • एकैपटक ६ हजारले घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

    काठमाडौं । नेपाली बजारमा सुनको भाउ भारी मात्रामा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ६ हजार दुई सय रुपैयाँले घटेर ९५ हजार चार सय रुपैयाँ कायम भएको छ ।

    रसियामा कोभिडको भ्याक्सिन तयार भएको समाचार प्रकाशित भएसँगै सुनको भाउ घटेको हुन सक्ने महासंघले जनाएको छ ।
    मंगलबार एक लाख एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

    बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार नौ सय रुपैयाँ र चाँदी प्रतितोला एक हजार २१० रुपैयाँ कायम भएको छ ।


    श्रावण २८, २०७७ बुधवार ११:०३:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    आज सिद्धार्थ बैंकका कुन कुन शाखाहरु खुल्छन् ? तालिकामा हेर्नुहोस्  

  • 348
    SHARES
  • आज सिद्धार्थ बैंकका कुन कुन शाखाहरु खुल्छन् ? तालिकामा हेर्नुहोस्  

    काठमाडौं - कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै बुधवार सिद्धार्थ बैंक लिमिटेडले आफ्ना देशभरका केही शाखाहरु खुल्ला गर्ने भएको छ । पछिल्लो समय देशका बिभिन्न स्थानमा कोरोना संक्रमण बढ्दै गएकोले यस बैंकले हरेक दिन आफ्ना केही शाखाहरु मात्र खुला गर्दै आएको छ । 

    आज देशभरका केही बैंकका शाखाहरु बिहान १० बजेदेखि १  बजेसम्म खुला रहने बैंकले सुचनामा जानकारी गराएको छ । आज बैंकका कुन कुन शाखा खुला हुन्छन् हेर्नुहोस् तालिकामा

    si.jpg


    श्रावण २८, २०७७ बुधवार १०:०८:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सिद्धार्थ बैंक

  • क्यानाडानेपाल डेस्क

    तरकारीदेखि भैंसी किन्दासम्म क्यास प्रयोग भएन भने मात्र डिजिटल बैंकिंगमा सफलता पाईन्छ

    क्यानाडानेपाल

    श्रावण २७

  • 204
    SHARES
  • तरकारीदेखि भैंसी किन्दासम्म क्यास प्रयोग भएन भने मात्र डिजिटल बैंकिंगमा सफलता पाईन्छ

    काठमाडौ । कोभिड-१९ का कारण नेपाली वित्तीय संस्थाहरु डिजिटल तर्फ लम्किएका छन् । अहिले वित्तीय संस्थाहरु बीच डिजिटल बैंकिंगमा कसले बढि प्रभावकारी प्रोडक्ट ल्याउने भन्नेमा कडा प्रतिस्पर्धा चलिरहेको छ । यहि प्रतिस्पर्धामा नविल बैंक पनि अग्रपंक्तिमा कुदिरहेको छ तर नविल बैंकलाई चुनौती पनि बढी नै छ ।

    नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले डिजिटल बैंकिंगमा नै अब वित्तीय संस्थाहरुको भविष्य अडिएको बताएका छन् । हरेक देशमा कुनै न कुनै कारणले डिजिटल बैंकिंगको प्रयोग बढ्ने गरेकोले नेपालका लागि कोभिड-१९ कोशेढुंगा भएको बैंकर शाहको ठम्याई रहेको छ । कोभिडका कारण बैंकिंग क्रियाकलाप गर्न सहज र सुरक्षित भनेको डिजिटल बैंकिंग एक मात्र तरिका थियो जसका कारण अहिले डिजिटल बैंकिंग नेपालमा छोटो समय मै फस्टाएको अनिल शाहको भनाई रहेको छ ।

    क्यानडा नेपालसंगको कुराकानीमा बैंकर शाहले भने, "अब नेपालका बैंकहरुले डिजिटल तर्फ आफूलाई पूर्ण रुपमा ढल्काएनन् भने धेरैपछि पर्ने देखेको छु । कोभिडका कारण नेपाली जनताहरु अहिले डिजिटल बैंकिंग तर्फ आकर्षित भएको पाएको छु र यो वेभलाई जुन बैंकले पकड्छ उही नै अघि बढ्न सक्छ । नत्र म नेपालको नंबर वान बैंक भनेर डिजिटल बैंकिंगको वेभ पकड्न सकेन भने एक दुई वर्ष मै धेरैपछि परिने समय आईसकेको छ ।"

    "डिजिटल बैंकिंगको सुरुवात मात्र होईन अहिले बैंकहरु बीच प्रतिस्पर्धा पनि बढ्दो भएको छ । तर डिजिटल बैंकिंगको चुनौती पनि उत्तिकै छ । नविल बैंकले अहिले आफ्नो आगामी योजनाहरु मध्य मुख्य डिजिटल बैंकिंगलाई कसरी प्रभावकारी बनाउने भन्ने तर्फ लगेका छ । हाम्रो लक्ष्य भनेको हरेक नेपालीले तरकारी किन्दादेखि हाट बजारमा भैंसी किन्दा सम्म क्यास प्रयोग नगरेर डिजिटल पेमेन्ट प्रयोग गरुन भन्ने हो । यदि यो गर्न सके मात्र डिजिटल बैंकिंगमा सफलता पाएको भन्न सकिन्छ ।"

    डिजिटल बैंकिंग कत्तै सुरक्षित हुदैन कि भन्ने प्रश्नमा बैंकर शाहले भने, "नेपालमा बरु बैंकहरु चोरी भएको वा लुटिएको सुनेका छौं तर डिजिटल बैंकिंग वा अनलाईन बैंकिंग मार्फत पैसा लुटिएको वा चोरेको अहिले सम्म सुनेका छैनौ । राष्ट्र बैंकको मापदण्ड अनुसार मात्र हामीले अनलाईन बैंकिंगको सेवा प्रदान गर्न सक्छौं जसले गर्दा ग्राहकहरुले सुरक्षित बैंकिंग सेवा प्रयोग गर्न सकिरहेका छन् । आजको दिनसम्म अनलाईन बैंकिंग नेपालमा सुरक्षित छ तर ग्राहकहरु पनि सतर्क भने रहन जरुरी चाहिं छ ।"


    श्रावण २७, २०७७ मंगलवार २३:००:०० बजे : प्रकाशित

    धितोपत्र बजार : नेप्से परिसूचकमा सामान्य गिरावट

  • 164
    SHARES
  • धितोपत्र बजार : नेप्से परिसूचकमा सामान्य गिरावट

    काठमाडौँ – धितोपत्र बजारमा सोमबार ३७ अङ्कले वृद्धि भएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ६.६१ अङ्कले घटेर एक हजार ४२३.८१ मा पुगेको छ ।

    सेन्सेटिभ परिसूचक १.३८ ले घटेर २९७.२७ अङ्कमा पुगेको छ । आज कुल १९० कम्पनीका ३६ लाख ३० हजार ८४५ कित्ता शेयर रु एक अर्ब २७ करोड १७ लाख ३८ हजार ९१४ मा खरिदबिक्री भयो । कारोबार भएका १२ मध्ये सामूहिक लागनी कोष उपसमूहमात्र बढेको छ । सामूहिक लागनी कोष ०.०२ अङ्कले बढ्दा बैंकिङ ६.५४, व्यापार १९.२७, होटल ४३.२३, विकास बैंक ९.४२, जलविद्युत् १.०४, वित्त ०.६, निर्जीवन बीमा ३.२१, उत्पादन १६.९९, अन्य ०.५७, लघुवित्त २१.५८ र जीवन बीमा २३.१४ अङ्कले घटेको छ ।

    कारोबार रकमका आधरमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १२ करोड १६ लाख सात हजार ८०६ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु आठ करोड ३९ लाख ३९ हजार ६२४, युनाइटेड इन्स्योरेन्सको रु चार करोड ७६ लाख ७० जहार ७०७, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको रु चार करोड ७० लाख ६६ हजार ६४३, एनएमबी बैंकको रु चार करोड ५५ लाख ६४ हजार ७७८, अजोड इन्स्योरेन्सको रु चार करोड ५४ लाख ६३ हजार ५८ र एनआइसी एसिया बैंकको रु चार करोड २८ लाख ४२ हजार २४८ बराबरको शेयर कारोबार भयो ।

    नेप्से घटे पनि आज सबैभन्दा बढी अजोड इन्स्योरेन्सका लागनीकर्ताले ९.९४ प्रतिशतले कमाएका छन् । यस्तै साधना लघुवित्त वित्तीय संस्था ९.८१, युनियन हाइड्रोपावर ८.७७, युनाइटेड इन्स्योरेन्स कम्पनी ५.२२, वेष्ट फाइनान्स ५.१, गुह्वेश्वरी मर्चेन्ट बैंक ४.९२, आँखुखोला जलविद्युत् कम्पनी ३.८५, मिथिला लघुवित्त वित्तीय संस्था ३.८० र राधी विद्युत् कम्पनीका शेयरधनीले ३.५९ प्रतिशतले कमाएका छन् ।

    नेपाल फाइनान्सका शेयरधनीले सर्वाधिक ९.८ प्रतिशतले गुमाएका छन् । यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ५.४६, गुराँस लघुवित्त वित्तीय संस्था ५.४५, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ३.८१, कर्णाली डेभलपमेन्ट बैंक ३.७७, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ३.७५, श्री इन्भेष्टमेन्ट फाइनान्स ३.७३, घलेम्दी हाइड्रोपावर ३.५७, ओरियन्टल होटल ३.३५ र सोल्टी होटल लिमिटेडका लगानीकर्ताले ३.११ प्रतिशतले गुमाएको नेप्सेले उल्लेख गरेको छ ।रासस


    श्रावण २७, २०७७ मंगलवार १९:०५:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडानेपाल डेस्क