• Aug 12 2020 | २०७७, श्रावण २८गते

२०७७, श्रावण २८गते

नायिका सुष्मा कार्कीको आज जन्मदिन, कति वर्ष लागिन् त ?

फाल्गुण २ २०७६
  • 1.1K
    SHARES
  • नायिका सुष्मा कार्कीको आज जन्मदिन, कति वर्ष लागिन् त ?

    काठमाडौं । नायिका सुष्मा कार्कीको आज जन्मदिन । १९८५ फेब्रुअरी १४ तारिखका दिन उनको जन्म बर्दिया जिल्लामा भएको थियो । यस आधारमा आज उनी आफ्नो ३६औं जन्मदिन मनाउँदैछिन् ।

    सुष्माले ‘मेरो एउटा साथी छ’ चलचित्रबाट डेब्यु गरेकी हुन् । मोडलिङ्ग हुँदै चलचित्रमा लागेकी उनले दर्जनौं म्युजिक भिडियो र फेसन शोमा क्याटवाक गरेकी छन् ।

    बिन्दास, बाउन्सर, लूटलगायत सुष्माले खेलेका यादगार चलचित्र हुन् । नेपाली चलचित्र क्षेत्रमा सुष्मालाई हक्की र निडर नायिकाको रूपमा पनि लिने गरिन्छ । त्यही कारण उनी बेलाबेला विभिन्न कारणले विवादमा आइरहन्छिन् । एकपटक उनले ‘बार’ चलचित्रका निर्माताले आफूलाई यौन उत्पीडन गरेको आरोप लगाइकी थिइन् । तर निर्माता समूहले भने उनको यो आरोप अस्विकार गरेको थियो ।

    उनलाई निर्देशक सुदर्शन थापाले चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए । दुवैबीच हार्दिक सम्बन्ध पनि थियो । तर, पछि दुवैबीच सम्बन्धमा दरार उत्पन्न भयो ।


    फाल्गुण २, २०७६ शुक्रवार ०७:२८:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    विश्वकै सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार बने दी रक, अक्षय कुमार कति औं स्थानमा ?

  • 1.0K
    SHARES
  • विश्वकै सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार बने दी रक, अक्षय कुमार कति औं स्थानमा ?

    काठमाडौं - हलिउडका चर्चित अभिनेता हुन् ड्वेन जोहन्सन अर्थात दि रक ।  पुर्व रेसलर समेत रहेका दि रक विश्वकै सबैभन्दा महँगा कलाकार हुन् । 

    दि रक हरेक बर्ष बढी पारिश्रमिक बुझ्ने कलाकारमा पर्ने गर्छन् । गएको बर्ष पनि विश्वकै सबैभन्दा बढी पारिश्रमिक बुझ्ने कलाकार बनेका दि रक यस बर्ष पनि पहिलो नम्बरमा नै छन् । 

    सम्पत्ति विवरण सम्बन्धी पत्रिका फोर्ब्सका अनुसार बढी पारिश्रमिक लिने कलाकारमा जोनसन अर्थात दी रक पहिलो नम्बरमा छन् । उनी ८७।५ मिलियन डलरसहित पहिलो स्थानमा छन् । 

    त्यस्तै दोस्रो स्थानमा ७१।५ मिलियन डलरसहित रायन रेनल्ड्स, ५८ मिलियन डलर पारिश्रमिकसहित मार्क वाह्लबर्ग तेस्रो स्थानमा, ५५ मिलियन डलरसहित बेन एफलेक चौथोस्थानमा ,५४ मिलियन डलरसहित विन डिजल  पाँचौं स्थानमा र ४८।५ मिलियन डलर सहित बलिउड अभिनेता अक्षयकुमार छैटौं स्थानमा छन् । 

     


    श्रावण २८, २०७७ बुधवार १९:३०:२७ बजे : प्रकाशित

    'कमेडी च्याम्पियन' विजेता हिमेश पन्तलाई निर्माण टिमले गर्यो गाडी हस्तान्तरण

  • 206
    SHARES
  • 'कमेडी च्याम्पियन' विजेता हिमेश पन्तलाई निर्माण टिमले गर्यो  गाडी हस्तान्तरण

    नेपालको पहिलो कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन' को पहिलो सिजनको विजेतालाई टिमले पुरस्कार हस्तान्तरण गरेको छ।  कोरोनाको कहर बिचमा कार्यक्रमको आयोजना गर्न नसकेको निर्माण टिमले कान्तिपुर टेलिभिजनको एक कार्यक्रममार्फत गाडी हस्तान्तरण गरेको हो।  हस्तान्तरण कार्यक्रममा कान्तिपुर टेलिभिजनको तर्फबाट स्टेशन प्रमुख दिनेश डिसी , कमेडी च्याम्पिनको तर्फबाट निर्देशक विशाल भण्डारी, कार्यकारी निर्माता केकी अधिकारी र राज अधिकारीको साथमा विजेता हिमेश पन्त उपस्थित रहेका थिए।  भव्य कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गर्ने योजना भए पनि  कोरोनाको कारण उक्त काम सम्भव नभएको निर्माण टिमले जानकारी दिएको छ।  सिजन २ को डिजिटल अडिसन सुरुवात गर्न अगाडी नै पहिलो सिजनको विजेतालाई पुरस्कार हस्तान्तरण गर्न पाउँदा निर्माण टिम दंग देखिएको छ। 


    श्रावण २८, २०७७ बुधवार १९:०२:५३ बजे : प्रकाशित

    अभिनेत्री निरिशा भारतीय सिरियल 'तेनाली रामा' मा देखिदै, यस्तो छ भुमिका

  • 154
    SHARES
  • अभिनेत्री निरिशा भारतीय सिरियल 'तेनाली रामा' मा देखिदै, यस्तो छ भुमिका

    काठमाडौं - नेपाली चलचित्रदेखी भारतीय सिरियलसम्म अभिनय गरेकी चर्चित अभिनेत्री हुन् निरिशा बस्नेत । चलचित्र 'जानी नजानी' बाट नेपाली चलचित्रमा डेब्यु गरेकी निरिशाले भारतीय सिरियलमा पनि अभिनय गरेकी छिन् । 

    केही समयदेखी अभिनयदेखी टाढा रहेकी निरिशाले अब फेरि भारतीय सिरियलमा अभिनय गर्ने भएकी छिन् । अब उनी भारतिय सिरियल 'तेनाली रामा' मा देखिने भएकी छिन् । 

    सिरियल 'चन्द्र नन्दिनी' बाट चर्चा कमाएकी उनले अब फेरि 'तेनाली रामा' मार्फत सिरियलमा कमब्याक गरेकी छिन् । उनले आफुले यस सिरियलमा आफ्नो भागको छायाङ्कन पूरा गरेको बताएकी छिन् । 

    'सब टिभी' बाट प्रसारण हुने यस सिरियलमा उनले केमियो भूमिकामा अभिनय गरेकी छन् ।  यस सिरियलमा आफ्नो भूमिका महत्त्वपूर्ण  भएको पनि उनले बताएकी छिन्।  

    nirisha.jpg


    श्रावण २८, २०७७ बुधवार १४:४२:२५ बजे : प्रकाशित

    लकडाउनले भेट्न नपाएका प्रेमिल जोडीको पीडायुक्त गीत ‘जहाजै चढेर’मा दयाहाङकाे दमदार अभिनय

    क्यानाडानेपाल

    श्रावण २७

  • 456
    SHARES
  • लकडाउनले भेट्न नपाएका प्रेमिल जोडीको पीडायुक्त गीत ‘जहाजै चढेर’मा दयाहाङकाे दमदार अभिनय

    काठमाडौं । गीत संगीत मन नपराउने सायदै होलान् । गीत संगीत सुनेर मानिसमात्रै होइन हर प्राणी मन्त्रमुग्ध हुन्छन् । संगीतले सबैलाई आकर्षित गर्छ । गीतले मानिसको ध्यानमात्रै आकर्षित गर्दैन, उसलाई ऊर्जा र प्रेरणा जगाउने काम पनि गर्छ । गीत र संगीतले मानिसको मन छुनु पर्छ । शब्दले दिमाखमा स्थान जमाउन सक्नु पर्छ । 

    तर, हिजोआज बजारमा आएका सबै गीतले दिमाखमा स्थान जमाउन सकेको देखिँदैन । दर्शक र स्रोताको हृदयमा बसिरहने भन्दा पनि युट्युबमा बढी भ्युज आउने र सस्तो लोकप्रियतालाई ख्याल गरेर गीतहरु सार्वजनिक हुन थालेका छन् । जसले सँगै सार्वजनिक भएका जीवन्त गीत ओझेल पर्ने गरेका छन् । 

    दर्शक र स्रोताले पनि तडकभडकलाई रुचाउँदा सांगीतिक क्षेत्र पनि सस्तो लोकप्रियताको बाटोमा अग्रसर भएको देखिन्छ । यसलाई रोक्नु पर्ने दायित्व सबैको हो । गीतले स्रोता र दर्शकको मनमुटुलाई छुनु पर्ने हालै ‘जहाजै चढेर’ गीत सार्वजनिक गरेका गायक अमृत क्षेत्रीको बुझाइ छ । 

    दुई दशकदेखि सांगीतिक क्षेत्रमा रहेका गायक अमृत स्रोता र दर्शकको चाहना र मागलाई ध्यान दिएर सस्तो लोकप्रियताका लागि भन्दा पनि जीवन्तता ख्याल गरेर गीत ल्याउनु पर्ने बताउँछन् । युट्युब देखिने भ्युज नै गीत संगीतको मापन बन्दा जीवन्त गीतहरु ओझेलमा परेको उनको बुझाइ छ । गीत सुनिरहँदा मनोरञ्जन दिनेमात्रै होइन पछिसम्म केही सकारात्मक छाप दिने खालको हुनुपर्ने तर्क गरेका गायक अमृत भन्छन्, ‘युट्युबको ट्रेन्डिङ र भ्यूजका लागि गीत ल्याउने चलनको विकास भइरहेको छ । तर, यसले सांगीतिक क्षेत्रलाई सस्तो लोकप्रियतामा भुलाउने छ ।’

    नेपाली सांगीतिक क्षेत्रमा अहिले राम्रा र जीवन्त गीत भाइरल नभएका भने होइनन् । तर, तुलनात्मक रुपमा चर्चा कमाउनका लागि ल्याइएका गीतले बजार ओगेटको उनको अनुभव छ । 

    २०५७ सालबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेर २०६१ सालमा पहिलो गीत ‘जोगी’ ल्याएका उनले प्रविधिको विकासले अहिले जबरजस्त दर्शक र स्रोतालाई गीत सुन्न बाध्य बनाइएको बताउँछन् । 

    गीत समाजको पथप्रदर्शक पनि हो । गीत र संगीतले विश्व परिर्वतन गर्न ल्याकत राख्छ । ठूल्ठूला आन्दोलन र प्रदर्शनमा गीतको महत्व बढ्दै गएको छ । नेपालको राजनीतिक परिवर्तनका लागि भएका सशक्त आन्दोलनमा पनि गीत संगीतको उत्तिकै भूमिका देखिएका छ ।

    यसर्थ गीतले सधैं ऊर्जा र सकारात्मक सोचको विकास गराउनु पर्ने गायक अमृत बताउँछन् । यसलाई ध्यानमा राखेर अहिले आफूले ‘जहाजै चढेर’ गीत ल्याएको उनले बताए । सो गीतमा जहाज चढेर परदेशीएका नेपालीको कथा समेटिएको जानकारी दिँदै उनले सो गीतमा लकडाउनका कारण आफ्नो मायालुलाई भेट्न नपाएका जोडीको कथा रहेको बताए । 

    ‘जहाजै चढेर’ गीतमा गायक अमृत क्षेत्री र गायिका मेलिना राईको स्वर रहेको छ भने शब्द र कम्पोज पनि गायक अमृतकै रहेको छ। थिएटर शैलीमा बनाइएको सो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने दयाहाङ राईको उत्कृष्ट अभिनय रहेको छ । जसमा केनिपा सिंह पहरीको पनि अभिनय रहेको छ । 


    श्रावण २७, २०७७ मंगलवार १९:४५:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली संगीत
  • # गीत

  • क्यानाडानेपाल

    निशानले प्रेमिका ऋचासंग गरे विवाह

  • 1.3K
    SHARES
  • निशानले प्रेमिका ऋचासंग गरे विवाह

    युवापुस्ताका चर्चित गायक निशान भट्टराईले विवाह गरेका छन् । कृष्ण जन्माष्टमीको अवसर पारेर निशानले प्रेमिका ऋचा न्यौपानेसंग कानुनी विवाह गरेका हुन् । काभ्रे धुलिखेल बस्ने ऋचासंग जिल्ला अदालत धुलिखेलमा उनले कानुनी रुपमा विवाह गरेका हुन् । निशान र ऋचाले एक म्युजिक भिडियोमा साथ काम समेत गरेका छन्।


    श्रावण २७, २०७७ मंगलवार १४:५८:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निशान

  • क्यानाडानेपाल डेस्क

    प्रदिप र पलले साईन गरे बिग बजेटमा बन्ने कमेडी फिल्म

  • 396
    SHARES
  • प्रदिप र पलले साईन गरे बिग बजेटमा बन्ने कमेडी फिल्म


    काठमाडौं - कोरोनाभाइरसका कारण रोकिएको चलचित्रका कामहरु अहिले धमाधम शुरु भएका छन् । यस्तै चर्चित निर्माता सन्तोष सेनले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । 

    चलचित्र 'प्रेमगीत' बाट चर्चा कमाएका निर्माता सन्तोषले अब नयाँ चलचित्र 'हुतुतु' निर्माण गर्दैछन् । यस चलचित्र कमेडी हुने बताइएको छ । 

    चलचित्रलाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्नेछन् । चलचित्रको लागि नयाँ कलाकारहरु पनि छनोट गरिसकिएको छ । 

    चलचित्रमा हरिवंश आचार्य, माओत्से गुरुङ, राजाराम पौडेल, प्रदिप खड्का, पल शाह, गौरव पहारी, सलोन बस्नेत, नाजिर हुसेनको अभिनय रहने बताइएको छ । यस चलचित्र ठुलो लागतमा निर्माण हुने निर्देशक सेनले बताएका छन् । 

    यस चलचित्रको छायांकन अर्को बर्षबाट शुरु हुने बताइएको छ । धेरै दर्शकहरुले प्रदिप र पललाई एकसाथ एकउटै चलचित्रमा देख्न चाहन्थे । अब भने त्यो पुरा हुने भएको छ । 

    hututu.jpg

     


    श्रावण २७, २०७७ मंगलवार १२:३४:३८ बजे : प्रकाशित