आइतबार
२३ चैत
२०७६

कांग्रेस सांसद उपाध्यायको निधनका कारण प्रधानमन्त्रीको प्रतिनिधिभामा सम्बोधन स्थगित

शुक्रबार फाल्गुण २, २०७६/ Friday 02-14-20

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा शुक्रबार दिउँसो गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । कांग्रेसका राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।


प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएको दुई वर्ष पुगेको अवसरमा आज संसदमा सम्बोधन गर्ने कार्यतालिका थियो । अब प्रधानमन्त्री ओलीले शनिबार बिहान बस्ने बैठकमा सम्बोधन गर्ने थापाको भनाइ छ ।

५० वर्षीय सांसद उपाध्यायको उपचारका क्रममा शुक्रबार बिहान रुपन्देहीमा निधन भएको थियो । उनी कांग्रेसका प्रदेश ५ का राष्ट्रिय सभा सदस्य थिए ।