शुक्रबार
२३ श्रावण
२०७७

अमेरिकी राष्ट्रपतिहरुको ‘भ्यालेन्टाइन डे’का रोमान्टिक तस्बिरहरु

शुक्रबार फाल्गुण २, २०७६/ Friday 02-14-20

काठमाडौं । विश्वभरका मानिसहरुले शुक्रबार (आज) भ्यालेन्टाइन डे (प्रणय दिवस) मनाइरहेका छन् । हरेक फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइने गरिएको छ । यस दिन प्रेमी प्रेमिका वा पति पत्नीसहित आफूले मन पराएका व्यक्तिसँग प्रेमिल शुभकामना आदन प्रदान गर्ने गरिन्छ । यसैक्रममा शुक्रबार भ्याइस अफ अमेरिकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि पूर्व राष्ट्रपति जोन अफ केनेडीका भ्यालेन्टाइन डेका तस्बिर सार्वजनिक गरेको छ ।

जसमा राष्ट्रपति ट्रम्पसहित पूर्वराष्ट्रपतिहरु बाराक ओबामा,  जर्ज डब्लू बुस, बिल क्लिन्टन, जर्ज एच डब्लू बुस, रोनाल्ड रेगन र जोन अफ केनेडीका तस्बिर छन् । उनीहरु आफ्ना श्रीमतीका साथमा रहेका तस्बिर भ्वाइस अफ अमेरिकाले सार्वजनिक गरेको हो ।