मंगलबार
२५ चैत
२०७६

'लभ डायरिज' लाई शनिबार दर्शकको साथ

आइतबार फाल्गुण ४, २०७६/ Sunday 02-16-20

भ्यालेन्टाइन डे को अवसर पारेर फागुन २ गतेबाट रिलिज भएको चलचित्र 'लभ डायरिज' ले शनिबार दर्शकको राम्रो साथ पाएको छ। मल्टिप्लेक्समा केहि हलमा चलचित्र हाउसफुल भएको निर्माण टिमले बताएको छ। दर्शकबाट मिश्रित प्रतिक्रिया बटुलेको चलचित्रबाट डेव्यु अभिनेत्री रुविना थापाले राम्रो तारिफ बटुलिरहेको छ। उनको सुन्दरताको चर्चा पनि निकै राम्रो भएको छ । चलचित्रको प्रतिक्रिया बुझ्न र दर्शकसंग साक्षात्कार गर्न चलचित्रका मुख्य कलाकार हलहलमा पुगिरहेका छन्। दर्शकले दिएको साथ र मायाका कारण निकै उत्साहित रहेको कलाकारले प्रतिक्रिया दिएका छन्। सुशील श्रेष्ठ, रुविना थापा र विश्वजित रिमाल चलचित्रमा मुख्य भूमिकामा रहेका छन्। केहि दिन अगाडी गरिएको प्रिमियरमा पनि चलचित्रलाई राम्रो प्रतिक्रिया दिइएको थियो।