सोमबार
२४ चैत
२०७६

तीन घन्टासम्म प्लेन नउडेपछि एयरपोर्टमा प्रचण्ड र बादलसँग बाबुरामको जम्काभेट, भन्छन्, चित्त बुझाउने मेसो

आइतबार फाल्गुण ४, २०७६/ Sunday 02-16-20

काठमाडौं । मौसममा आएको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरणमा समस्या भएको छ । जसका कारण प्लेन चढ्न समयअगावै पुगेका यात्रुहरू कुरेको कुरै छन् ।


यही क्रममा एयरपोर्टमा आइतबार बिहान ७ बजे उड्नुपर्ने विमान १० बजेसम्म पनि नउडेपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत गुनासो व्यक्त गरेका छन् । उनी पार्टी कार्यक्रमको सिलसिलामा आइतबार बिहान बाहिर जाँदै थिए । संयोग, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादललगायत पनि एयरपोर्ट पुगेका थिए । तर, प्लेन नउडेपछि बाबुराम रोकिए ।

तीन घन्टाभन्दा कुर्नुपर्दा प्रचण्ड, बादललगायतसँग गफगाफ गरेको उनले बताएका छन् । ‘७ बजे उड्नुपर्ने प्लेन १० बजेसम्म उडेको छैन । एयरपोर्टमा घण्टौं कुर्दाको फाइदा चाहिं सबै पार्टीमा छरिएका साथीहरूसँग भेटघाट र गफगाफ गर्न पाइने । नकारभित्र सकार भनेको शायद यही हो । अथवा चित्त बुझाउने मेसो,’ बाबुरामले लेखेका छन् ।