मंगलबार
२५ चैत
२०७६

'म यस्तो गीत गाउँछु २' पोष्टरमा हेर्नुहोस् प्रेमिल पूजा र पल

आइतबार फाल्गुण ४, २०७६/ Sunday 02-16-20

दर्शकको प्रतीक्षामा रहेको चलचित्र 'म यस्तो गीत गाउँछु २' को अफिसियल पोष्टर सार्वजनिक भएका छन् । पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्रको पोष्टरमा दुवैको प्रेमिल मुडलाई प्रस्तुत गरिएको छ। सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रको सार्वजनिक ट्रेलर र गीतले दर्शकको ध्यान खिच्न सफल भैरहेको छ।


लभ स्टोरी चलचित्र निर्देशनका लागी सफल निर्देशकको रुपमा आफुलाई उभ्याउन सफल थापाको यो चलचित्र फागुन ३० गतेबाट रिलिज हुने तयारीमा रहेको छ। चलचित्रको अघिल्लो शृंखलाले दर्शकको राम्रो साथ पाएको थियो। पूजा र पलको जोडीलाई दर्शकले पहिलो चलचित्रबाट नै निकै रुचाएका छन्।

 

दोश्रो पटक साथ सहकार्य गरेको यो जोडीलाई अहिलेसम्म पनि दर्शकले उस्तै साथ र माया प्रकट गरिरहेका छन्।