मंगलबार
२५ चैत
२०७६

सिद्धार्थ शुक्लाले जिते बिग बोस उपाधि

आइतबार फाल्गुण ४, २०७६/ Sunday 02-16-20

काठमाडौं । भारतीय चर्चित टेलिभिजन रियालिटी शो बिग बोसको १३औं संस्करणको उपाधि सिद्धार्थ शुक्लाले हात पारेका छन् । फाइनमा ६ जना प्रतिस्पर्धीलाई उछिनेर उपाधि जितेसँगै सिद्धार्थले ५० लाख भारतीय रुपैयाँ र कार पनि पाएका छन् ।  फाइनलमा सिद्धार्थसँगै आसिम रियाज, शहनाज गिल, रश्मि देसाई, आरती सिंह र पारस छाबडाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।