शुक्रबार
२३ श्रावण
२०७७

सुनको मूल्य नयाँ उचाइमा, हेर्नुहोस् आजको बजार भाउ

आइतबार फाल्गुण ४, २०७६/ Sunday 02-16-20

काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । मूल्य बढेसँगै सुनको मूल्य नयाँ उचाइमा पुगेको छ।

आइतबार सुन एकै दिनमा तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि बढेको छ । आइतबार तेजाबी सुन प्रतितोला ७६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी पनि शुक्रबारको तुलनामा पाँच रुपैयाँले बढेर ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।