मंगलबार
२५ चैत
२०७६

जब हात जाेड्दै पूर्वराजा ज्ञानेन्द्र शाह पत्नीसहित भारत प्रस्थान गरे

आइतबार फाल्गुण ४, २०७६/ Sunday 02-16-20

काठमाडौं । लामो समय पूर्वी नेपालको भ्रमण गरेर काठमाडौं फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार दुई साता लामो भारत भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् । केही दिन अघि पूर्वी नेपालबाट काठमाडौं आएका उनी आइतबार पत्नीसहित पारिवारिक सदस्य लिएर भारत प्रस्थान गरेका हुन् । 


धार्मिक तथा सामाजिक यात्राका लागि पूर्वराजा ज्ञानेन्द्र भारत प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ । उनी दिल्लीबाट पञ्जावको अमृतसरस्थित शिखहरुको पवित्र तिर्थस्थलमा दर्शन गर्न जाने कार्यक्रम रहेको छ । भारतको विभिन्न धार्मिक भ्रमण गर्ने उनको भ्रमण टोलीमा बहिनी शोभा शाही तथा मोहनबहादुर शाही र केही अन्य निकटका नातेदार पनि छन्। 

पूर्वराजा ज्ञानेन्द्र परिवारिक सदस्यसहित भारत प्रस्थान गर्ने भएपछि राजावादीहरु विमानस्थल पुगेका थिए । आफ्नो विदाइमा आएकाहरुलाई पूर्वराजा ज्ञानेन्द्रले नमस्कार गर्दै अभिवादन फर्काएका थिए ।