मंगलबार
२५ चैत
२०७६

देउवा किन एकाएक परे तनावमा ?

आइतबार फाल्गुण ४, २०७६/ Sunday 02-16-20

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले तनावमा परेका छन् । काँग्रेसको उप-सभापति विजय कुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरे संगै अहिले आरजु देउवामाथि समेत सुक्ष्म अनुसन्धान भईरहेको सूचना थाहा पाएपछि देउवा तनावमा परेका हुन् ।


कांग्रेसका उप-सभापति विजयकुमार गच्छदारमाथि ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि शेर बहादुर देउवालाई बैचैन बढेको थियो । अख्तियारले कांग्रेसका अरु नेताहरु माथि समेत सुक्ष्म अनुसन्धान सुरु गरेको र शिर्ष नेताहरुलाई समेत तान्ने भन्ने सूचना पाएपछि देउवालाई अझै तनाव थपिएको छ । अख्तियारको अनुसन्धान फाइल भित्र देउवा पत्नी आरजु देउवाको नाम पनि परेको भन्ने थाहा पाएपछि देउवा तनावमा परेका हुन् ।

नेपाली कांग्रेसको उच्च श्रोतका अनुसार पार्टीका शिर्ष नेताहरु र पूर्व मन्त्रीहरुको अकुत सम्पति माथि छानविन अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले अघि बढाईरहेको र सभापतिको पत्नी आरजु देउवाको नाम पनि परेको हुँदा शेरबहादुर देउवाको तनाव अहिले बढेको छ । आरजु देउवाको नाममा महँगो घर जग्गा रहेको जुन सुरुमा बुवाको नाममा किनेर केहि महिना पश्चात आफ्नो नाममा ल्याएको विवरण अनुसार अख्तियारले अनुसन्धान गरिरहेको र यहि विषयमा मुद्दा दायर समेत हुने तयारी रहेको सूचना बुढानिलकण्ठ पुगेको छ । यस कारण शेरबहादुर देउवा अहिले तनावमा छन् ।

अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आफ्नो कार्यकाल मै आरजु देउवामाथि अनुसन्धान सुरु गरेका थिए । उक्त समयको अनुसन्धान कै आधारमा मुद्दा चलाउने समेत तयारी थियो । अख्तियार श्रोतका अनुसार अहिले अख्तियारले शिर्ष नेताहरु र पूर्व मन्त्रीहरुको अनुसन्धानलाई अघि बढाउन लागे संगै आरजु देउवाको नाम समेत अग्रपन्तीमा रहेको बुझिएको छ । 

शेरबहादुर देउवाले आगामी महाधिवेशनबाट आरजु देउवालाई महामन्त्री पदमा अगाडी बढाउने तयारी गरिरहेका छन् । देउवाले आरजुलाई कांग्रेसको नेतृत्वमा पुर्याउने लक्ष्य सहित हिंडेकाले गर्दा अख्तियारले गर्दा समस्या पर्ने देखिएकाले अहिले बुढानिलकण्ठमा तनाव छाएको श्रोतले जनाएको छ । शेरबहादुर देउवाले आरजु देउवालाई नेतृत्वमा अगाडि बढाउने देखिएकाले कांग्रेस भित्र देउवासंग शिर्ष नेताहरु असन्तुष्ट रहेका छन्