मंगलबार
२५ चैत
२०७६

संघर्षपूर्ण खेलमा टोटनह्यामले एस्टन भिल्लालाई हरायो

सोमबार फाल्गुण ५, २०७६/ Monday 02-17-20

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले एस्टन भिल्लालाई ३–२ गोल अन्तरले हराएको छ ।


खेलको नवौं मिनेटमा टोबी अल्डरविरेल्डको आत्मघाती गोलबाट एस्टन भिल्लाले अग्रता बनाएको थियो । तर, खेलको २७ औं मिनेटमा अल्डरविरेल्डले गोल गर्दै टोटनहमलाई १–१ गोलको बराबरीमा ल्याए ।

४५ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटनहमलाई २–१ को अग्रता दिलाए । खेलको ५३ औं मिनेटमा ब्जोर्न एन्जल्सले गोल गर्दै घरेलु टोलीलाई २–२ को बराबरीमा फर्काए । खेलको इन्जुरी समयमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमलाई ३–२ को जित दिलाए । जितसँगै टोटनहमले २६ खेलबाट ४० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।