मंगलबार
२५ चैत
२०७६

जापानको क्रुज सीपमा रहेका चार सय नागरिकलाई अमेरिकाले लग्यो आफ्नो देश

सोमबार फाल्गुण ५, २०७६/ Monday 02-17-20

एजेन्सी । जापानको क्रुज सीपमा रहेका आफ्ना चार सय नागरिकलाई अमेरिकाले आफ्नो देश लगेको छ । दुईवटा विमान पठाएर अमेरिकारले आफ्ना नागरिकको उद्धार गरेको हो ।


कोरोना भाइरसको संक्रमण फैलिएपछि जापानमा रहेका अमेरिकी नागरिकलाई क्रुजमा क्वारेन्टाइनको लागि राखिएको थियो । कोरोना भाइरसबाट संक्रमित ४० अमेरिकी नागरिकको जापानमा नै उपचार गरिने भएको छ ।

अमेरिका फर्काइएकालाई पनि १४ दिन सम्म क्वारेन्टाइनमा राखेपछि मात्रै घर फर्काइने छ ।