मंगलबार
२५ चैत
२०७६

भूमाफियाले मसानघाटको ६ बिघा ८ कठ्ठा जग्गा प्लटिङ गरी बेचे

सोमबार फाल्गुण ५, २०७६/ Monday 02-17-20

बारा । केही समययता सरकारी जग्गा व्यक्तिको नाममा लालपुर्जा निकाल्नेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरिरहेका छन् ।


यसैक्रममा बाराको सिमरा–४ स्थित सार्वजनिक मसानघाटलाई भू–माफियाले प्लटिङ गरी बेचेको अख्तियारले पत्ता लगाएको छ । सो विषयमा अख्तियारले छानबिन सुरु गरेको छ ।

सिमरा–४ स्थित सार्वजनिक मसानघाटको जग्गा कानुन विपरित किर्ते गरी प्रोपर्टी म्यानेजमेन्ट प्रालिले प्लटिङ गरी बेचेको रहस्य खुलेपछि अख्तियारले छानबिन सुरु गरेको हो ।

आयोगको टोलीले मसानघाट स्थलगत अवलोकन गर्नुका साथै मालपोत र नापी कार्यालय सिमराका कागजपत्र छानबिन गर्न थालेको हो । नापीसहित सहसचिवको टोलीले सम्बद्ध कार्यालयबाट प्रमाण संकलन, स्थलगत अवलोकन, र स्थानीयसँग रायसमेत लिएको छ ।

फिल्डबुक श्रेस्तामा स्पष्ट मसानघाट लेखिएकोे जीतपुरसिमरा–४ मा रहेको ५९ नम्बर कित्ताको ६ बिघा ८ कठ्ठा जग्गा १६ टुक्रा बनाइ प्रोप्रर्टी म्यानेजमेन्ट प्रालिले कित्ताकाट गरी बेचेको हो ।