मंगलबार
२५ चैत
२०७६

प्रधानमन्त्री ओलीद्वारा काठमाडौं उपत्यकामा भूमिगत विद्युत वितरण प्रणालीको शुभारम्भ

सोमबार फाल्गुण ५, २०७६/ Monday 02-17-20

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले काठमाडौं उपत्यकामा भूमिगत विद्युत वितरण प्रणालीको शुभारम्भ गरेका छन् । सोमबार बिहान महाराजगन्जमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भूमिगत विद्युत वितरण प्रणालीको शुभारम्भ गरेका हुन् ।


नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा भूमिगत प्रणालीबाट विद्युत वितरण गर्ने तयारी थालेको हो । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भूमिगत विद्युत वितरणबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

 


तस्बिर : पंकज दाहाल/क्यानडानेपाल