शुक्रबार
२३ श्रावण
२०७७

अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेलको शान (भिडियो)

सोमबार फाल्गुण ५, २०७६/ Monday 02-17-20

काठमाडौं । विश्वकै चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा काठमाडौंका दिवेश पोखरेलले आफ्नो प्रस्तुति देखाएका छन् ।

विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि आइतबार राति उनले दिएको प्रस्तुतिलाई सबैले प्रशंसा गरे ।

आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो शृंखलाबाट छानिएका दिवेशले आर्थर गनको उपनामबाट गाउँदै आएका छन् । प्रस्तुतिका क्रममा दिवेशले नेपालको सुन्दरताका साथै नेपालीपन पनि प्रस्तुत गरिरहेका थिए ।

पाँच वर्षअघि अमेरिका गएका दिवेश हाल क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् ।