मंगलबार
२५ चैत
२०७६

कोरोनाभाइरसबाट अहिलेसम्म १७७० को मृत्यु, संक्रमितको संख्या ७१ हजार

सोमबार फाल्गुण ५, २०७६/ Monday 02-17-20

काठमाडौं । चीनबाट फैलिएको कोरोनाभाइरसबाट अहिलेसम्म १७ सय ७० जनाको मृत्यु भएको छ । भाइरसबाट संक्रमित हुनेको संख्या ७० हजार ५ सय ४८ पुगेको छ ।


नोभेम्बरबाट हुवेई प्रान्तको राजधानी वुहानबाट फैलिएको कोरोनाभाइरस विश्वका २६ मुलुकमा देखिएको छ । भाइरसले चीनबाहिर हङकङ, फिलिपिन्स, र फ्रान्समा एक–एकजनाको मृत्यु भएको छ । आइतबार मात्रै दुई हजार ४८ वटा नयाँ बिरामी भेटिएका छन् ।

चीनले आइतबार लगातार तीन दिनदेखि नयाँ संक्रमितको संख्यामा कमी आएको तथ्य सार्वजनिक गरेको थियो । योबाहेक अस्पतालबाट निको भएर घर फर्किने संख्या पनि बढेको छ । आइतबार एक हजार ४२५ जना डिस्चार्ज भएका छन्, अस्पतालको निगरानीमा रहेका २८ हजार १ सय ७९ जनामा संक्रमण नदेखिएपछि उनीहरुलाई छोडिएको छ ।

अहिलेसम्म १० हजार ८४४ जना बिरामी निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म ५ लाख ४६ हजार १६ जना मानिसहरु संक्रमित व्यक्तिको नजिक रहेको र १ लाख ५० हजार ५ सय ३९ जना चिकित्सकको निगरानीमा छन् ।