मंगलबार
२५ चैत
२०७६

राजनराज  र वसन्ताको नयाँ गीतमा ऋचा, रमेश र अनुरागको गज्जब अभिनय

सोमबार फाल्गुण ५, २०७६/ Monday 02-17-20

काठमाडौं - गायिका वसन्ता प्रकृतिको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा...’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका बसन्ताका अलावा बहुचर्चित गायक तथा संगीतकार राजनराज सिवाकोटीको स्वर तथा संगीत रहेको छ । यसअघि हिलो एल्बम ‘मनमा’ सार्वजनिक गरेर चर्चा कमाएकी गायिका वसन्ताको दोस्रो एल्बम ‘साधना’मा रहेको सार्वजनिक गीतका शब्द शृजना  डा। राजुबाबु श्रेष्ठका हुन् । 


कति बस्छौ टाढा, हेरि सिधै नजरमा, लगायतका चर्चित गीतकी गायिका बसन्ताको नयाँ गीतमा अनुराग शर्मा, ऋचा थापा र रमेश शाहीको जीवन्त अभिनय देख्न सकिन्छ । प्रेम, रोमान्स र वैँशालु उमेरको कुरा गरिएको भिडियोलाई रोमाञ्चक शैलीले हरेक प्रेम जोडीले आफ्नै महशुस गर्नेगरी निर्देशन गर्न सफल देखिएका छन् निर्देशक प्रदिप श्रेष्ठ । गीतमा आमोश तामाङको एरेञ्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको छ ।