मंगलबार
२५ चैत
२०७६

दिल्लीबाट फर्किएपछि सरकारमा नजाने राजपा नेताको निष्कर्ष

सोमबार फाल्गुण ५, २०७६/ Monday 02-17-20

काठमाडौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पार्टीका शिर्ष नेताहरु भारतको दिल्लीबाट नेपाल फर्किए संगै आफुहरु सरकारमा सहभागी हुन नजाने निष्कर्ष सार्वजनिक गरेका छन् ।


राजपाका मुख्य तीन शिर्ष नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र राजकिशोर यादव एक साता देखि भारतमा थिए । भारतबाट फर्किएसंगै आफुहरु सरकारमा सहभागी नहुने साथै समाजवादी पार्टीसंग एकीकरण समेत नहुने निष्कर्ष निकालेका छन् । सरकारले आफ्नो मुद्दाहरुलाई सम्बोधन गरे मात्र सरकारमा सहभागी हुन जाने बताएका छन् । सरकारमा नजाने साथै समाजवादी पार्टीसंग पनि एकीकरण नगर्ने प्रष्टसंग उल्लेख गरेका छन् ।

राजपाले सरकार समक्ष आफ्नो मधेश आन्दोलनका मुख्य मुद्दाहरुलाई सम्बोधन गरे मात्र साकारलाई सहयोग गर्ने भन्दै लबिङ्ग गरिरहेका छन् । राजपाका मुख्य मुद्दाहरु मध्य सांसद रेशम चौधरीको रिहाई र झुठ्ठा मुद्दा फिर्ता लिने र संविधान संसोधन गर्नुपर्ने हुन् । यदि सरकारले आफ्ना मुद्दाहरुलाई सम्बोधन गर्न राजि भए मात्र सरकारमा सहभागी हुन जाने कुरा राजपा निकट नेताले उल्लेख गरेका छन् । 

राजपाका एक नेताले भने, "हाम्रो यो माग दिल्ली जानु अघि देखि नै हो । हाम्रो शिर्ष नेताहरु आ-आफ्नो पारिवारिक र सामाजिक कामले गर्दा भारत जानुभएको हो । नयाँ दिल्लीसंग कुनै राजनीतिक वार्ता गर्न गएको भन्ने भ्रम छरिरहेको छ जुन गलत हो । हामीले पहिला देखि नै भनेका छौ कि हाम्रो माग पूरा गरे मात्र सरकारमा सहभागी हुन्छौ । यदि सरकारमा सहभागी भएनौ भने समाजवादी पार्टीसंग एकीकरण नै गर्छौ भन्ने पनि होईन ।"