मंगलबार
२५ चैत
२०७६

नौ करोडको लागतमा डेरी उद्योग स्थापना, दैनिक १५ हजार लिटर दूध बिक्री गरिने 

मंगलबार फाल्गुण ६, २०७६/ Tuesday 02-18-20

नेपालगञ्ज - नेपालगञ्जको वडा नं २२ मा रु नौ करोडको लागतमा एसके डेरी उद्योग स्थापना गरिएको छ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सोमबार डेरी उद्योगको उद्घाटन गर्दै प्रदेश सरकारले कृषि उत्पादनलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले कृषिलाई वैज्ञानिकीकरण गरी पूर्णरुपमा व्यावसायिक बनाउन प्रदेश सरकारले कृषि अनुदान कार्यक्रमअघि सारेको छ भन्नुभयो ।  


प्रदेश कृषिमन्त्री आरती पौडेलले प्रदेश मातहतमा जिल्लाको समानुपातिक विकासका लागि प्रदेश सरकार लागिपरेको छ भन्नुभयो । बाँकेको व्यावसायिक क्षेत्रमा सक्रिय सरोज पाण्डेले सो डेरी उद्योग खोल्नुभएको हो । डेरी उद्योगबाट दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण गरिने उद्योगका सञ्चालक पाण्डेले जानकारी दिनुभयो ।रासस