मंगलबार
२५ चैत
२०७६

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै, मंगलबारसम्म १९ सयको मृत्यु, ७३ हजार संक्रमित

मंगलबार फाल्गुण ६, २०७६/ Tuesday 02-18-20

एजेन्सी । चीनबाट फैलिएको कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहेको छ । मंगलबार बिहानसम्म १९ सयको मृत्यु भइसकेको छ । संक्रमितको संख्या ७३ हजार नाघेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।


कोरोनाका कारण तीन हजारभन्दा बढी स्वास्थ्यकर्मी पनि प्रभावित भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले चीनमा देखिएका संक्रमितमध्ये ८० प्रतिशतको स्वास्थ्यमा सुधार आएको जानकारी दिएको छ ।

गत डिसेम्बरबाट चीनको वुहान सहरबाट फैलिएको कोरोनाका कारण हुवेइ प्रान्तमा मात्रै हिजो एकै दिन ९३ जनाको मृत्यु भएको छ । अन्य २६ देशमा पनि कोरोना फैलिएको छ ।

कोरोनाको महामारी फैलिएपछि विभिन्न देशले चीनको भ्रमण गरेर फर्किएका नागरिकलाई कम्तीमा दुई साता क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छन् । चीनले पनि नयाँ वर्ष मनाएर बेइजिङ फर्कने नागरिकलाई अनिवार्य दुई साता क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था मिलाइएको छ ।