मंगलबार
२५ चैत
२०७६

चेल्सीलाई हराउँदै म्यानचेस्टरले अंक दूरी घटायो

मंगलबार फाल्गुण ६, २०७६/ Tuesday 02-18-20

एजेन्सी। इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेडले  चेल्सीलाई २–० गोल अन्तरले हराएको छ ।


सोमबार राति भएको खेलमा म्यान्चेस्टरको जितमा एन्थोनी मार्टियल र ह्यारी मागुईरीले गोल गरे । शीर्ष चारको दौडमा महत्वपूर्ण मानिएको खेलमा म्यान्चेस्टरले चेल्सीलाई हराएको हो ।

यो जितसँगै म्यान्चेस्टरले चेल्सीसँगको दूरी तीन अंकमा झारेको छ । चौथो स्थानको चेल्सीको ४१ अंक छ । म्यान्चेस्टर ३८ अंकसहित सातौं स्थानमा छ ।