मंगलबार
२५ चैत
२०७६

आंचल र उदिपको इन्गेजमेन्ट डेट तय

आइतबार फाल्गुण ११, २०७६/ Sunday 02-23-20

अभिनेत्री आंचल शर्मा आफ्नो प्रेमी उदिप श्रेष्ठ संग यहि महिनाको अन्तिममा विवाहको तयारीमा रहेकी छिन्। डेढ बर्ष लामो प्रेम सम्बन्धलाई यी दुवैले विवाहको नाम दिन लागेका हुन्। तर दुवैको विवाहको मिति भने सार्वजनिक भएको छैन। इन्गेजमेन्ट पछि विवाहको मिति सार्वजनिक गर्ने तयारीमा रहेको यो जोडी विवाहलाइ लिएर निकै उत्साहित रहेको छ। आंचल र उदिप फाल्गुन १२ गते सोमबार इन्गेजमेन्ट गर्ने तयारीमा रहेको बुझिएको छ। परिवार र निकटका चलचित्रकर्मीको उपस्थितिमा दुवैले इन्गेज्मनेट गर्ने तयारी गरेका छन्।