सोमबार
२७ असोज
२०७६

ज्ञानेन्द्र शाहीले कुटाई खाएपछि मुकुन्दे मिडियामा, प्रचण्ड रिसाउदा मैले पनि खाएको थिए

आइतबार असोज १२, २०७६/ Sunday 09-29-19

सोसल मिडियाका प्रयोगकर्ताका लागि मुकुन्द घिमिरे नौलो नाम होईन । मुकुन्दे भनेर चिनिने मुकुन्द घिमिरे राजनीतिक र सामाजिक विकृति बारेमा आफ्नो कडा आवाजहरु सोसल मिडियाबाट उठाइरहेका हुन्छन । मुकुन्देको भनाइ र कुराहरु सुन्दा तितो लाग्छ तर सुन्दै जादा गहिराई पनि भेटिन्छ । उनको बोल्ने र भन्ने शैलीले गर्दा मुकुन्दलाइ बौलाह पनि भन्ने गरिन्छ ।

ज्ञानेन्द्र शाहीको चितवनमा भएको घटना पछि मुकुन्द घिमिरे मिडियामा आएका छन् र आफ्नो तर्क र कुराहरु प्रष्ट रुपमा सुनाउछन । मुकुन्द भन्छिन: "ज्ञानेन्द्र शाहीले कुटाइ खानु कुनै ठुलो कुरा होईन । रत्नपार्कमा कयौले कुटाई खाईरहेका छन् र सबैको बारेमा प्रधानमन्त्रीले जानकार रहनुपर्छ भन्ने छैन र थाहा पाएर पनि हुदैन । मुकुन्दे हुन खोजेर ज्ञानेन्द्र शाही सडकमा गएर चिच्याएको फल निस्किएको हो ।"